अमेरिका आउँदा पासपोर्टमा छाप लगाउने प्रकृया पूर्णरुपमा हटाइदै, डिजिटल आई ९४ वेवसाइटबाटै


प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार

सीबीपीले अमेरिकामा आउने विदेशी नागरिकहरूको राहदानीमा प्रवेश छाप लगाउँदै आएकोमा त्यसलाई पूर्णरुपमा हटाउने योजना बनाएको छ । छापलाई हटाएर डिजिटल बनाउने यो नीति केही एयरपोर्टहरूमा पहिले नै लागू भइसकेको छ भने थप प्रवेश नाकाहरुमा समेत लागु गरिने भएको छ ।

परम्परागत रूपमा हवाई वा समुद्री मार्गबाट ​​अमेरिका आइपुगेका विदेशी नागरिकहरूलाई उनीहरूको कागजातहरूको निरीक्षण पछि पासपोर्टमा छाप लगाइन्छ वा कागजी रुपमा आई ९४ जारी गरिदै आएको थियो । सीबीपीले कागजी प्रतिलिपिहरूको सट्टा आई ९४ को इलेक्ट्रोनिक संस्करणहरू प्रयोग गर्न थालेपछि राहदानीमा लगाइने छाप विदेशी नागरिकलाई दिइने एक मात्र भौतिक रेकर्ड थियो।

अमेरिकामा प्रवेश गर्दा विदेशी नागरिकको राहदानीमा मसीसहितको छाप लगाउने गरिन्छ । तर नयाँ नीति अनुशार अमेरिकी हवाई र पोर्टहरुमा आउने विदेशी नागरिकहरूले राहदानीमा कुनै छाप प्राप्त गर्ने छैनन्। यसको सट्टा तिनीहरूले केवल एक इलेक्ट्रोनिक आई ९४ प्राप्त गर्नेछन् ।

इलेक्ट्रोनिक आई ९४ अमेरिका प्रवेश गरेलगत्तै अनलाइन वा एप्लीकेशनमार्फत प्राप्त गर्न सकिन्छ । यदि विदेशी नागरिकले आई ९४ को भौतिक प्रतिलिपि चाहेमा सीबीपीको वेबसाइट वा मोबाइल एपबाट प्रतिलिपि प्रिन्ट गर्न सक्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भौतिक प्रतिलिपि पनि अमेरिका प्रवेश गर्ने क्रममा निरीक्षणको क्रममा अनुरोध गर्न सकिन्छ तर त्यसका लागि थप चरणहरू आवश्यक पर्दछ।

हालको कानून अन्तर्गत केही गैर आप्रवासीहरूका लागि रोजगार योग्यता प्रमाणीकरण गर्न र पहिचानका लागि राहदानी र त्यसमा लगाएको छाप पर्याप्त थियो। अब राहदानीमा छापहरु जारी नगरिने भएपछि इलेक्ट्रोनिक आई ९४ विदेशी नागरिकहरूका लागि रोजगारको उद्देश्यका लागि वैध स्थितिको एकमात्र प्रमाण हुनेछ ।

आई ९४ ले काम गर्ने योग्य भएको प्रमाणिकरण उद्देश्यका लागि विदेशी नागरिकको अध्यागमन स्थिति र म्याद सकिने मितिलाई नियन्त्रित गर्छ। विदेशी नागरिकहरू आई ९४ मा स्वीकृत मितिभन्दा बढी अमेरिकामा बस्नु हुँदैन । त्यसैले विदेशी आप्रवासीहरुले प्रत्येक पटक अमेरिका प्रवेश गरेपछि सधैं आफ्नो आई ९४ डाउनलोड गर्नुपर्छ ।

यो नयाँ नीतिले अन्य सरकारी निकायहरू जस्तै सोसल सेक्युरिटी अफिस र स्टेट आइडीहरु बनाउने क्रममा पनि प्रभाव पार्न सक्छ। धेरै संघीय र राज्य एजेन्सीहरूले आप्रवासी लाभहरूको हकदार छ भनेर प्रमाणित गर्न आई ९४ प्रयोग गर्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com