परीक्षणकालपछि अमेरिकामा एसाइलम आवेदन अनलाइनबाट दिनसकिने औपचारिक घोषणा


प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार

युएससीआईएसले अमेरिकामा युएससीआईएसमा फाइल गरिने एसाइलम आवेदनहरु अनलाइनबाट फाइल गर्न सकिने घोषणा गरेको छ । केही महिनादेखि एसाइलम आवेदन अनलाइनबाट फाइल गर्न सकिने व्यवस्था गरेपनि यो केबल परीक्षणका रुपमा मात्र रहेको थियो, औपचारिक रुपमा घोषणा गरिएको भने थिएन ।

अब फर्म आई ५८९ अनलाइनबाट फाइल गर्न सकिने व्यवस्था गरिएको हो । अनलाइन फाइलिङले आवेदकहरूलाई इलेक्ट्रोनिक रूपमा फारमहरू पेश गर्न, उनीहरूको आवेदनको स्थिति अनलाइनमा जाँच गर्न र युएससीआईएसबाट अनलाइन सूचनाहरू प्राप्त गर्न अनुमति दिन्छ। यदि तपाईं संयुक्त राज्य अमेरिकामा शारीरिक रूपमा उपस्थित हुनुहुन्छ भने तपाईंले सकारात्मक शरणको लागि अनलाइनबाट फाइल गर्न सक्नुहुन्छ।

अनलाइन एकाउन्ट बनाउन यहाँ क्लीक गर्नुहोला ।

निश्चित आवेदकहरूलाई अनलाइन एसाइलम फाइल गर्ने विकल्प प्रदान गरेर युएससीआईएसले अध्यागमन सुविधाहरुका लागि आवेदन दिने प्रक्रियालाई थप आवेदकहरूका लागि प्रभावकारी, सुरक्षित र सुविधाजनक बनाउन जारी राखेको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनलाइन फारम आई ५८९ फाइल गर्न योग्य आवेदकहरूले पहिले युएससीआईएसमा अनलाइन एकाउन्ट बनाउनुपर्छ । अनलाइन एकाउन्ट बनाउन कुनै शुल्क लाग्दैन, जसले युएससीआईएससँग सुरक्षित इनबक्स मार्फत आवेदनको बारेमा सञ्चार गर्ने र प्रमाणका लागि अनुरोधहरूमा अनलाइनबाट जवाफ दिनसकिने क्षमता सहित विभिन्न सुविधाहरू प्रदान गर्दछ।

योग्य आवेदकहरू अनलाइन एकाउन्टका विशेषताहरूसँग परिचित भएको सुनिश्चित गर्न सार्वजनिक संलग्नता र अन्य आउटरिच गतिविधिहरू सञ्चालन गर्ने युएससीआईएसले जनाएको छ । कसरी सकारात्मक शरणका लागि अनलाइन आवेदन दिनेभन्नेबारे कार्यक्रमहरु गरिनेछ ।

अनलाइन फारम आई ५८९ फाइल गर्ने विकल्प हाल निश्चित आवेदकहरूलाई मात्र उपलब्ध छ। अन्य सबै आवेदकहरूले कागज फारम आई ५८९ फाइल गर्नुपर्नेछ । अध्यागमन अदालतमा वा अध्यागमन पुनरावेदन बोर्डको अगाडि प्रकृयामा रहेकाहरु, देशनिकालाको प्रकृयामा रहेका कसैको साथमा नभएका विदेशी बालबालिका र एसाइलम भेटिंग केन्द्रमा हुलाकबाट फाइल गर्नुपर्ने प्रावधान भएकाहरुले अनलाइनबाट फाइल गर्न सक्नेछैनन् ।

त्यस्तै पहिले नै आई ५८९ फारम पेस गरिसकेका र विचाराधिन अवस्थामा रहेकाहरुले पनि अनलाइनमार्फत आवेदन दिनु हुँदैन । यदि लागू निर्देशनहरू पालना नगरेमा अनलाइन आवेदन अस्वीकार गर्नसक्ने वा फाइल गर्न धेरै समय लाग्न सक्ने युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com