अमेरिकामा एसीआईसीएसबाट मान्यताप्राप्त शैक्षिक संस्थामा विद्यार्थी भिसा र ओपीटी थप नदिइने


प्रकाशित मिति : कार्तिक १५, २०७९ मंगलबार

अब अमेरिकामा एसीआईसीएसबाट मान्यताप्राप्त भाषा कक्षामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई विद्यार्थी भिसा नदिइने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ एजुकेशनले स्वतन्त्र कलेज र स्कूलहरूको लागि मान्यता प्राप्त परिषद एसीआईसीएसलाई मान्यता नदिने घोषणा गरेसँगै युएससीआईएसको घोषणा आएको हो ।

यो घोषणाले अब दुईप्रकारका विद्यार्थी कार्यक्रमहरुका असर गर्नेछ । पहिलो, अँग्रेजी भाषा अध्ययन कार्यक्रम प्रभावित हुनेछ, जुन अंग्रेजी भाषा प्रशिक्षण कार्यक्रम ऐन अन्तरगत मान्यताप्राप्त हुनुपर्ने प्रावधान रहेको छ । दोश्रो, २४ महिने ओपीटी थपका लागि आवेदन दिने विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित अन्तरगतका विद्यार्थीहरु प्रभावित हुनेछन् ।

स्टीम ओपीटी थपका लागि आवेदन दिन मान्यता प्राप्त स्टुडेण्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम प्रमाणित शिक्षण संस्थाबाट डिग्री प्राप्त गरेको हुनुपर्छ । शिक्षण संस्था आवेदन दिने बेलामा मान्यता प्राप्त भइसकेको हुनुपर्छ, जुन मिति डीएसओले आई २० का लागि सिफारिस गरेको मिति हो ।

यदि विद्यार्थीको शैक्षिक संस्थाको मान्यता खारेज गरिएको भएमा स्टुडेण्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामले प्रभावित विद्यार्थीहरुलाई पत्रमार्फत सुचित गर्नेछ । यद्यपी एसीआईसीएसबाट मान्यताप्राप्त शिक्षण संस्थामा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई एसीआईसीएसले डिपार्टमेन्ट अफ एजुकेशनको मान्यता गुमाउँदा विद्यार्थीको अध्यागमन स्थीति र आवेदनमा कस्तो असर पर्छ भन्ने थाहा पाउन तुरुन्त डीएसओलाई सम्पर्क गर्न सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसीआईसीएसबाट मान्यताप्राप्त शिक्षण संस्थाहरुले अब कार्यक्रम विस्तारहरू जारी गर्न असमर्थ हुनेछन् । एसीआईसीएस मान्यता प्राप्त शिक्षण संस्थाहरुले स्वेच्छाले आफ्नो प्रमाणीकरण फिर्ता लिने वा स्टुडेण्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामबाट फिर्ता लिने छनौट गरेमा मात्र विद्यार्थीहरूलाई आफ्नो वर्तमान सत्र समाप्त गर्न अनुमति दिइनेछ।

अगस्त १९ वा त्योभन्दा पछाडि एसीआईसीएसबाट मान्यता प्राप्त शिक्षण संस्थामा भाषा कक्षा अध्ययन गर्ने उद्देश्यका साथ विद्यार्थी भिसामा परिवर्तन वा थपका लागि आवेदन दिएका आवेदकहरुलाई युएससीआईएसले एसीआईसीएसबाट थप कागजातको मागसहितको पत्र पठाउने जनाएको छ । आवेदकले जवाफमा उनीहरूले भर्ना गर्न खोजेको अंग्रेजी भाषा अध्ययन कार्यक्रमले मान्यताका आवश्यकताहरू पूरा गर्दछ भनेर देखाउने कागजातहरू लगायतका प्रमाणहरू उपलब्ध गराउने अवसर पाउनेछन् ।

यदि विद्यार्थीले डिपार्टमेन्ट अफ एजुकेशनबाट मान्यता प्राप्त संस्थाबाट मान्यता पाएका शैक्षिक संस्थाबाट नयाँ आई २० पेशन नगरेको खण्डमा युएससीआईएसले विद्यार्थी भिसामा स्थिति परिवर्तन वा पुनर्स्थापना अनुरोध अस्वीकार गर्नेछ।

त्यस्तै स्टीम ओपीटी विस्तार कार्यक्रममा सहभागी हुन चाहने एफ वान भिसामा रहेका विद्यार्थीहरूले स्टीम ओपीटी आवेदन फाइल गर्दा डिपार्टमेन्ट अफ एजुकेशनबाट मान्यता प्राप्त अमेरिकी शैक्षिक संस्थाबाट डिग्री हासिल गरेको हुनुपर्छ। डीएसओले आई २० का लागि सिफारिस गरेको मितिमा मान्यता प्राप्त शैक्षिक संस्था हुनुपर्ने प्रावधान छ ।

स्टीम डिग्री एसीआईसीएसबाट मान्यता प्राप्त कलेज वा विश्वविद्यालयबाट प्राप्त गरिएको थियो भने र स्टीम ओपीपी थपका लागि डीएसओको सिफारिस आई २० मा उल्लेख गरिए अनुशार अगस्त १९, २०२२ पछिको थियो भने आवेदकको स्टीम ओपीटी थपका लागि दिएको आई ७६५ आवेदन अस्वीकार गरिने युएससीआईएसले जनाएको छ । अस्वीकार प्राप्त गर्ने विद्यार्थीहरूसँग अमेरिकाबाट प्रस्थानको लागि तयारी गर्न, फरक विद्यालयमा स्थानान्तरण गर्न वा मान्यता प्राप्त प्रमाणित विद्यालयमा अध्ययनको नयाँ पाठ्यक्रम सुरु गर्न ६० दिनको समय हुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com