सेप्टेम्बर ८ अघि प्राथमिकता मिति हुने कमदक्ष कामदारले नोभेम्बरमा पनि ग्रिनकार्ड फाइल गर्न पाउने


प्रकाशित मिति : आश्विन २३, २०७९ आईतबार

सेप्टेम्बर ८ अघि प्राथमिकता मिति हुने कम दक्षता हुने रोजगारमा आधारित तेश्राो श्रेणीका अन्उय कामदारले नोभेम्बरमा पनि ग्रिनकार्ड फाइल गर्न पाउने भएका छन् । झण्डै साढे ३ बर्षदेखि ग्रिनकार्ड फाइल गर्न प्रतिक्षा गरिरहेका उनीहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन आई ५८५ फाइल गर्न र त्यसका आधारमा वर्क परमिट, एड्भान्स परोल लगायतका डकुमेन्टहरु प्राप्त गर्नसक्ने गरी भिसा बुलेटिनमा व्यवस्था गरिएकोमा यो व्यवस्था नोभेम्बरमा पनि कायम गरिएको छ ।

सेप्टेम्बरमा मे ८, २०१९ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन दिनसकिने अवस्था रहेकोमा नोभेम्बरमा पनि उक्त सन् २०२२ को सेप्टेम्बर ८ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड आवेदन दिनसकिनेगरी भिसा बुलेटिन जारी भएको छ । सोही भिसा बुलेटिनलाई स्वीकार्दै युएससीआईएसले पनि नोभेम्बरमा सन् २०२२ को सेप्टेम्बर ८ भन्दा अगाडि प्राथमिकता मिति भएका कम दक्ष तेश्रो श्रेणीका अन्य कामदारले ग्रिनकार्ड आवेदन दिनसक्ने जनाएको छ ।

रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा अमेरिकामा नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । उनीहरुका लागि भिसा करेन्ट नहुँदा भिसा करेन्ट हुँदासम्मका लागि स्टाटस जोगाउन निकै समस्या हुनेगरेको छ । तर अब उनीहरुलाई राहत हुने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२ बर्षभन्दा कम अवधि खास दक्षता नचाहिने काम गरेको अनुभव, उक्त कामका लागि अमेरिकामा कामदार नभएको अवस्था र लेबर सर्टिफिकेशनका अन्य प्रावधानहरु पूरा गरेका व्यक्ति रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा योग्य हुनसक्छन् ।

अब उनीहरुले ग्रिनकार्ड प्राप्त नहुँदै आवेदन पेन्डिङ रहेको अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरेको खण्डमा उनीहरुले एड्भान्स परोल डकुमेन्टका लागि समेत आवेदन दिन सक्नेछन् । आई ४८५ फाइल गर्न पाउने भएकाले फाइल गरेको मितिदेखि उनीहरु अन्य अध्यागमन स्टाटसमा रहेको खण्डमा उक्त स्टाटस जोगाइराख्ने झन्झट हुँदैन । किनभने आई ४८५ फाइल भएको मितिपछिको समयलाई गैरकानूनी उपस्थीति गणना गरिदैन ।

अमेरिका बाहिर हुने तेश्रो श्रेणीका अन्य कामदारको सन्दर्भमा पनि सेप्टेम्बर ८, २०२२ अगाडि फाइल गरेकाहरुको भिसा प्रकृया नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ । तर भिसा बुलेटिन अनुशार अक्टोबरका लागि १ जुन २०२० अगाडि फाइल गरेकाहरुलेमात्र भिसा पाउनसक्नेछन् ।

चीन र भारतका लागि भने प्राथमिकता मिति फरक छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com