अध्यागमनबारे बाइडेनको योजना पुनर्स्थापित गर्न सर्वोच्चबाट अस्वीकार


प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार

सर्वोच्च अदालतले अध्यागमनबारे बाइडेनको योजना पुनर्स्थापित गर्न अस्वीकार गर्दै टेक्सास र लुजियानाका पक्षमा फैसला गरेको छ । आपराधिक रेकर्ड भएका कागजपत्रविहिनलाई रिहा गर्न अनुमति दिनेगरी बाइडेन प्रशासनले जारी गरेका अध्यागमनबारेका निर्देशिकाहरु रोक्ने अनुमति संघीय न्यायाधिसलाई प्रदान गर्ने निर्णय सर्वोच्चले गरेको छ ।

छोटो आदेशमा अदालतले कुनै कारण दिएएको छ । न्यायाधिसहरुले आपतकालिन आवदेनमा निर्णय दिदा कारण नदिनु सामान्य हो । यद्यपी यस वर्ष मुद्दाको पुनरावेदन र तर्कहरू सुन्ने बताएको छ। सर्वोच्चका ९ न्यायाधिसहरुमध्ये न्यायाधिस एमी कोनी ब्यारेट र अन्य तीन उदार न्यायाधिसहरु यो निर्णयमा असहमत भएपनि सर्वोच्चमा ५ जनाको बहुमतले यो निर्णय गरेको छ ।

बाइडेनले गतबर्षको सेप्टेम्बरमा जारी गरेका निर्देशिकामा राष्ट्रिय सुरक्षा, सार्वजनिक सुरक्षा र सीमा सुरक्षामा ध्यान केन्द्रित गर्दै कुन आप्रवासीहरूलाई पक्राउ गर्ने र देश निकाला गर्ने भन्ने निर्णय गर्न प्राथमिकताहरू तोकिएको थियो । साथै पक्राउ गरेर हिराशतमा लिन आवश्यक छ वा छैन भन्ने सन्दर्भमा आइसका एजेण्टहरुलाई तजविज अधिकार समेत दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनको व्यापक गिरफ्तारी नीतिहरू उल्टाउने प्रयासका रुपमा बाइडेन प्रशासनले उक्त निर्देशिका जारी गरेको थियो । सर्वोच्चको निर्णयले आइसको संचालन प्रकृयामा नै आमूल परिवर्तन हुने सम्भावना भने छैन । किनभने आइससँग आपराधिक सजाय भएका सबै आप्रवासीहरूलाई थुन्ने क्षमता भने छैन।

यद्यपी अमेरिकी यो अध्यागमनमा बाइडेन प्रशासनको लागि अर्को झट्का हो । किनभने विगतको ट्रम्पकालिन कडा नीतिहरु परिवर्तन गर्न खोज्दा बाइडेन प्रशासनले कानूनी लडाइको ब्यापक सामना गर्नु परिरहेको छ ।

गत सेप्टेम्बरको निर्देशिका कार्यान्वयन हुनबाट रोक्न टेक्सास र लुजियानाले मुद्दा दायर गरेका थिए । जसमा उनीहरूले आपराधिक रेकर्ड भएका धेरै आप्रवासीहरूलाई स्वतन्त्र रहन अनुमति दिदां राज्यको न्याय प्रणालीमा बोझ पर्ने तर्क गरेका थिए ।

टेक्सासको संघीय जिल्ला अदालतका न्यायाधीशले देशभर लागु हुने गरी बाइडेन प्रशासनको निर्देशिका प्रयोगमा रोक लगाउने निर्णय गरेका थिए ।
पछि पाँचौं सर्किट कोर्टले टेक्सासका संघीय न्यायाधिसको निर्णय रोक्न अस्वीकार गरेको थियो ।

बाइडेन प्रशासनले ल्याएको निर्देशिकामा के थियो ?

गत सेप्टेम्बरमा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासले हालैमात्र सिमा गैरकानूनी रुपमा सिमा पार गरेका तथा राष्ट्रिय सुरक्षामा खतरा रहेका कागजपत्रविहिनलाईमत्र पक्राउ गर्न आदेश दिएका थिए । यो नियमले सन् २०२० को नोभेम्बर अगाडि अमेरिका आएका कागजपत्रविहिनलाई पक्राउ हुन र देशनिकाला हुनबाट संरक्षण प्रदान गरेको थियो ।

गतबर्षको नियमले यो नियमले सन् २०२० को नोभेम्बर अगाडि अमेरिका आएका कागजपत्रविहिनलाई पक्राउ हुन र देशनिकाला हुनबाट संरक्षण प्रदान गरेपनि सन् २०२० को नोभेम्बर १ पछि मेक्सिको सिमाक्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गरेका आप्रवासीहरु भने अपराध नगरेको भएतापनि देशनिकालामा पर्नसक्ने व्यवस्था गरेको थियो ।

अमेरिकाले कागजपत्रविहिन हुँदैमा देशनिकाला नगर्ने उक्त नियममा प्रावधान थियो । साथै अध्यागमन अधिकारीहरुले कुनै पनि व्यक्तिलाई कागजपत्रविहिनमात्र भएको आधारमा पक्राउ गरेर हिराशतमा लिन र देशनिकाला गर्न नसक्ने प्रावधान थियो । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुलाई राष्ट्रिय र सार्वजनिक सुरक्षामा खतरा भएकाहरुलाईमात्र पक्राउ गर्न र देशनिकाला गर्न निर्देशन दिइएको थियो ।

आतंकवाद वा जासूसीमा संलग्न भएको आशंका गरिएका, गम्भिर प्रकारका अपराधमा संलग्न भएकाहरु र सन् २०२० को नोभेम्बर १ पछि मेक्सिको सिमाक्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गरेका आप्रवासीहरुलाई पक्राउ र देशनिकालाको प्राथमिकतामा राखिने व्यवस्था थियो । अमेरिकाको समुदायमा लामो समयदेखि योगदान दिदै आएकाहरु, धार्मिक नेताहरु, कृषिकामदारहरु, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी कागजपत्रविहिनहरुलाई अबदेखि आइसले पक्राउ गर्न र देशनिकाला गर्न नपाउने व्यवस्था थियो ।

नयाँ निर्देशिका गत नोभेम्बर २९ देखि लागु भएको थियो । त्यस्तै बेइमान रोजगारदाताहरुले आइसमा सुराकी लगाएको आधारमा कुनै पनि कागजपत्रविहिनलाई पक्राउ नगर्ने व्यवस्था थियो । त्यस्ता रोजगारदाताले आइसलाई सुराकी लगाएका कागजपत्रविहिन व्यक्ति मुख्य अपराधमा संलग्न भएको भएमा भने आइसले उनीहरुलाई पक्राउ गर्न र देशनिकाला गर्न सक्ने प्रावधान थियो ।

कागजपत्रविहिनहरुलाई ग्रिनकार्डको बाटोमा लैजान खोजिरहेको अवस्थामा कुनै जोखिम नभएका कागजपत्रविहिनलाई खोज्न र पक्राउ गर्नमा साधनश्रोत नलगाइने मेयरकासले बताएका थिए । अमेरिकामा झण्डै ११ मिलियन कागजपत्रविहिनहरु बस्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com