अगस्तमा कस्ले ग्रिनकार्ड फाइल गर्ने? युएससीआईएसबाट तालिका प्रकाशन


प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार

आगामी अगस्त महिनामा कुन प्राथमिकता मिति भएका अमेरिकामा भएका आवेदकले ग्रिनकार्ड आवेदन दिनसक्ने भन्नेबारे युएससीआईएसले तालिका प्रकाशन गरेको छ । परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा युएससीआईएसले भिसा बुलेटिनमा उल्लेख भएका आवेदन दिने मितिलाई सदर गरेको छ भने रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा भिसा बुलेटिनमा उल्लेख भएको ग्रिनकार्ड पाउने मितिलाई सदर गरेको छ ।

जस अनुशार अमेरिकी नागरिकका अविवाहित छोराछोरीका सन्दर्भमा सन् २०१६ को अगस्त ८ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले आगामी अगस्तमा ग्रिनकार्ड आवेदन आई ४८५ दिन सक्नेछन् । ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीका लागि भने अगस्तमा पनि भिसा करेन्ट रहेको छ । अर्थात् उनीहरुले आई १३० का साथमा नै ग्रिनकार्ड आवेदन आई ४८५ दिनसक्नेछन् ।

ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका छोराछोरीका सन्दर्भमा सन् २०१७ को जनवरी १ अगाडि प्राथमिकता मिति हुनेहरुले आगामी अगस्तमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा सन् २००९ को नोभेम्बर ८ भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुले आगामी अगस्तामा ग्रिनकार्ड फाइल गर्नसक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा सन् २००७ को डिसेम्बर १५ भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुले आगामी अगस्तमा ग्रिनकार्ड फाइल गर्न सक्नेछन् । अमेरिकामा हुने आवेदकका सन्दर्भमामात्र युएससीआईएसको आवेदन तालिका लागु हुन्छ । उनीहरुले ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन दिइसकेपछि ग्रिनकार्ड प्राप्त नहुँदासम्म वर्क परमिट र एड्भान्स परोलसमेत प्राप्त गर्नसक्छन् । उनीहरुलाई स्टाटस जोगाउने झन्झट पनि हुँदैन ।

त्यस्तै अगस्तमा रोजगारमा आधारित ग्रिनकार्ड आवेदकका सन्दर्भमा पनि कस्ले ग्रिनकार्ड फाइल गर्नसक्ने भन्नेबारे युएएससीआईएसले तालिका प्रकाशन गरेको छ । अगस्तमा रोजगारमा आधारित दक्षता नभएका तेश्रो श्रेणीका अन्य कामदारबाहेक अरु सबैले आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ दिन सक्नेछन् ।

२ बर्षभन्दा कम अवधि खास दक्षता नचाहिने काम गरेको अनुभव, उक्त कामका लागि अमेरिकामा कामदार नभएको अवस्था र लेबर सर्टिफिकेशनका अन्य प्रावधानहरु पूरा गरेका व्यक्ति रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा योग्य हुनसक्छन् । यो श्रेणीमा अमेरिकामा नेपालीहरुको संख्या ठूलो रहेको छ । तर उनीहरुका लागि भिसा करेन्ट नहुँदा भिसा करेन्ट हुँदासम्मका लागि स्टाटस जोगाउन निकै समस्या हुनेगरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com