परिवारमा आधारित ग्रिनकार्डका लागि आई १३० आवेदन दिंदा यस्तो गल्ती नगरौं


प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार

परिवारमा आधारित ग्रिनकार्ड आई १३० आवेदनमा ढिलाई हुन र अतिरिक्त शुल्कबाट बच्न युएससीआईएसले विशेष सुझावहरु दिएको छ । युएससीआईएसले आई १३० आवेदन स्वीकृत भइसकेपछि उचित स्थानमा फर्म पठाउने सुनिश्चित गर्नेगरी सुझावहरु अपडेट गरिएको हो ।

खासगरी फर्म आई १३० भर्दा ग्रिनकार्ड पाउने व्यक्तिको ग्रिनकार्ड आवेदन अमेरिकाभित्रै प्रकृयामा लैजाने वा अमेरिकाबाहिरका अमेरिकी दूतावास तथा कन्सुलेटमा प्रकृयामा लैजाने भन्नेबारे आवेदकले उल्लेख गर्नुपर्छ । कागजी फर्म भर्दा यी प्रश्नहरु ६१ र ६२ नम्बरमा रहेका छन् भने अनलाइनबाट फर्म भर्दा पनि यी प्रश्नहरु राखिएका छन् ।

फर्म भर्दा दुबै विकल्पहरु छनौट गर्न सकिने भएतापनि आवेदकले एउटमात्र विकल्प छनौट गर्नुपर्छ । ग्रिनकार्ड पाउने व्यक्ति अमेरिकाभित्रै भएको खण्डमा अमेरिकाभित्रै ग्रिनकार्ड प्रकृयामा लैजाने विकल्प छान्नुपर्छ भने अमेरिबाहिर भएको खण्डमा दूतावास वा कन्सुलेटमा ग्रिनकार्ड प्रकृयामा लैजाने विकल्प छान्नुपर्छ ।

यदि विदेशमा कन्सुलर प्रकृयामा लैजाने विकल्प छनौट गरिएको खण्डमा युएससीआईएसले आई १३० आवेदन स्वीकृत भइसकेपछि आवेदन नेशनल भिसा सेन्टरमा पठाउँछ । त्यसपछि सम्बन्धित दूतावास वा कन्सुलेटमार्फत आप्रवासी भिसा प्रकृया अगाडि बढाउनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआइएसको सम्पर्क केन्द्र

यदि अमेरिकामै ग्रिनकार्ड प्रकृयामा लैजाने विकल्प छनौट गरेको खण्डमा युएससीआईएसले स्वीकृत भएको आई १३० आवेदन नेशनल रेकर्ड सेन्टरमा पठाउँछ । त्यसपछि ग्रिनकार्ड प्राप्त गर्ने व्यक्तिले भिसा करेन्ट हुन्जेल प्रतिक्षा गरेर ग्रिनकार्ड आवेदन आई ४८५ दिनुपर्छ ।

यदि आई १३० आवेदन युएससीआईएसमा नै पेन्डिङ रहेको अवस्थामा अमेरिकाभित्रै ग्रिनकार्ड प्रकृयामा लैजाने वा दूतावास तथा कन्सुलेटमार्फत प्रकृयामा लैजाने विकल्प परिवर्तन गर्नुपरेमा युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गर्नुपर्छ ।

तर आई १३० आवेदन पहिले नै स्वीकृत भइसकेको छ भने फर्म आई ८२४ भरेर युएससीआईएसमा पठाउनुपर्छ । त्यसका लागि ४६५ डलर शुल्क तिनुपर्छ भने उक्त आवेदनमा निर्णय आउन साढे ३ महिनादेखि साढे २२ महिनासम्म लाग्छ ।

त्यसैले आवेदनमा ढिलो हुनबाट र अतिरिक्त शुल्क तिर्ने अवस्था आउनबाट जोगिन आई १३० आवेदन दिंदा एउटामात्र उचित विकल्प छनौट गर्नुपर्छ । नागरिकता र अध्यागमन सेवा ओम्बड्सम्यानको कार्यालयले आवेदकहरुले दुईवटै विकल्प छनौट गरेका कारण समस्या आएका कैयन आवेदनहरु रहेको बताएको छ । जसका कारण अमेरिकाबाहिर हुनेहरुका आवेदनसमेत युएससीआईएसले अमेरिकाभित्र प्रकृयामा लैजानका लागि नेशनल रेकर्ड सेन्टरमा पठाउने गरेको छ । जबकी अमेरिकाबाहिर हुनेको ग्रिनकार्ड प्रकृया नेशनल रेकर्ड सेन्टरबाट अगाडि बढ्दैन ।

युएससीआइएसको सम्पर्क केन्द्र

यदि अमेरिकाबाहिर रहेका लाभग्राहीका सन्दर्भमा दुईवटै विकल्प छनौट गरेर आवेदन दिइएको छ भने आवेदकले ४६५ डलर शुल्क तिरेर आई ८२४ आवेदन युएससीआईएसमा पठाउनुपर्छ । त्यसपछिमात्र युएससीआईएसले स्वीकृत आई १३० नेशनल भिसा सेन्टरमा पठाउँछ ।

यदि आवेदकले विदेशमा रहेका दूतावास वा कन्सुलेटबाट प्रकृया अगाडि बढाउनेगरी एउटामात्र विकल्प छनौट गरेको अवस्थामा समेत युएससीआईएसले आई १३० आवेदन स्वीकृत भएको २ महिनाभित्र आवेदन नेशनल भिसा सेन्टरमा नपठाएको खण्डमा त्यो युएससीआईएसको गल्तीका कारण हुनसक्छ । यो अवस्थामा भने शुल्क तिरेर आई ८२४ आवेदन दिनुपर्दैन । यो अवस्थामा ओम्बड्सम्यानमा सम्पर्क गरेर अनुरोध गर्नुपर्छ । त्यसो गर्दा पहिले भरेको आई १३० को कपी र युएससीआईएसमा सम्पर्क गरेर समस्या समाधानको प्रयास गरेको कागजात पठाउनुपर्छ ।

युएससीआईएससँग कुनै समस्या भएको खण्डमा नागरिकता र अध्यागमन सेवा ओम्बड्सम्यानको कार्यालयले आवेदक र रोजगारदातालाई सहयोगको प्रयास गर्छ । नागरिकता र अध्यागमन सेवा ओम्बड्म्यानको कार्यालयले युएससीआईएस र सेवाग्राहीबीच सम्बन्धको काम गर्छ । युएससीआईएससँग आवेदकको समस्या भएमा समाधानको प्रयास गर्नुका साथै युएससीआईसँग सेवाग्राहीको अनुभवहरु समेत सुन्ने काम गर्छ । अध्यागमन प्रणालीमा भएका समस्या पहिचान गरेर यो कार्यालयले युएससीआईएसलाई सिफारिस समेत गर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com