अमेरिकामा भिजिटर भिसामा आएकाहरुले आफ्नो आई ९४ कसरी निकाल्ने ? हराए के गर्ने?


प्रकाशित मिति : असार २३, २०७९ बिहीबार

अमेरिका प्रवेश र प्रस्थानको रेकर्ड भएको आई ९४ फर्म अमेरिकाको सीबीपीबाछ जारी गरिएको अध्यागमन फारम हो। आई ९४ फर्म अमेरिकामा आएका विदेशीहरूलाई र अमेरिकामा रहँदा स्थिति समायोजन वा बसाइ विस्तार गर्न खोज्नेहरूलाई जारी गरिन्छ। आई ९४ फर्मले आप्रवासीलाई कहिले प्रवेश दिइएको थियो र कहिलेबाट प्रस्थान गर्नुपर्छ भनेर देखाउँछ। प्रत्येक आई ०४ फर्म आई ९४ नम्बरसहित जारी गरिन्छ ।

आई ९४ फर्म सन् २०१३ को अप्रिल ३० सम्म कागजी कार्डको रूपमा जारी गरिन्थ्यो । त्यसपछि विद्युतीय रुपमा आई ९४ जारी गर्न थालियो । अझै पनि स्थलमार्गबाट प्रवेश गर्नेहरुका लागि सीबीपीले कागजी कार्डका रुपमा आई ९४ जारी गर्छ । तर हवाई र समुद्री मार्गबाट आउनेहरुको लागि कागजी कार्ड जारी गरिदैन ।

हालको प्रणाली अन्तर्गत सीबीपीले आफ्नो गैरआप्रवासी अध्यागमन प्रणालीमा विदेशीको यात्रा जानकारी रेकर्ड गर्छ। छोटकरीमा यो आई ९४ मा समावेश गरिएको जानकारी हो। एक विदेशीले आई ९४ फारम सीबीपीको वेबसाइट मार्फत निकाल्न सकछन्। सीबीपीको वेबसाइटले सामान्यतया पाँच वर्ष अघिको प्रवेश र प्रस्थानको रेकर्ड राख्छ। यदि कसैले पाँच बर्ष अगाडिको आई ९४ रेकर्ड चाहन्छ भने उसले औपचारिक रुपमा सीबीपीसमक्ष अनुरोध गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानुनी प्रवेशको मिति र प्रस्थानको मिति बारे उल्लेख भएको आई ९४ मा अमेरिकी अध्यागमनका सन्दर्भमा धेरै महत्त्वपूर्ण छ। खासगरी गैरआप्रवासीले अमेरिकामा आप्रवासनका फाइदाहरु लिनका लागि यो आवश्यक हुन्छ । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र खासगरी युएससीआईएसले अध्यागमन सुविधा खोज्नेहरुसँग अमेरिकामा कानुनी प्रवेशको प्रमाण माग्छ । आई ९४ अमेरिकामा वैध प्रवेशको प्रमाणको रूपमा पर्याप्त हुन्छ ।

आई ९४ प्राप्त गर्नका लागि सीबीपीको वेवसाइटमा क्लीक गर्नुहोला । नाम, थर, जन्ममिति, पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश हालेपछि आई ९४ निकाल्न सकिन्छ ।

यदि अनलाइनमा चेक गर्दा आई ९४ भेटिएन भने सीबीपीको ट्राभलर कम्युनिकेशन सेन्टरमा अनलाइनमार्फत सम्पर्क गर्न सकिन्छ । सीबीपीले ७२ घण्टाभित्र त्यस्ता प्रश्नको जवाफ दिने प्रयास गर्छ । अधिकांश एसाइलम खोज्नेहरुले कागजी रुपमा वा पासपोर्टमा छापका रुपमा आई ९४ प्राप्त गरेका हुन्छन् । त्यसैले उनीहरुको रेकर्ड अनलाइनमा नहुनसक्छ ।

युएससीआईएसले बसाइ विस्तार, स्थिति परिवर्तन, वा प्रतिस्थापनको लागि अनुरोध गरेका र प्राप्त गर्नेहरूलाई आई ७९७ सुचनामार्फत आई ९४ जारी गर्छ । युएससीआईएसले जारी गरेको आई ९४ कागजातहरू सीबीपीको अनलाइन डाटाबेसमा प्रविष्ट गरिएको हुँदैन । त्यसैले युएससीआईएसले जारी गरेको आई ९४ सीबीपी वेवसाइटमा फेला पार्न र हेर्न सकिँदैन।

अमेरिकामा आफ्नो हालको कानुनी स्थितिको प्रमाणको रूपमा युएससीआईएसले जारी गरेको आई ७९७ सुचनालाई प्रवेश र प्रस्थान रेकर्ड फारम आई ९४ का रुपमा प्रयोग गर्न सकिन्छ । यदि कागजीरुपमा प्राप्त गरेको आई ९४ फर्म हराएको खण्डमा युएससीआईएसमा ४४५ डलर शुल्क तिरेर फर्म आई १०२ भरेर नयाँ आई ९४ फर्म अनुरोध गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com