लेडी गल्फर प्रतिमाले अमेरिकामा प्रशिक्षण लिने


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

नेपालकी उदीयमान युवा गल्फर प्रतिमा शेर्पाले अमेरिकामा प्रशिक्षण लिने भएकी छिन् । प्रशिक्षणका दौरान प्रतिमाले गल्फ प्रतियोगितामा पनि प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षणका लागि प्रतिमा १८ असारमा अमेरिकातर्फ प्रस्थान गर्नेछिन् । प्रतिमासँगै प्रशिक्षक सचिन भण्डारी पनि अमेरिका जानेछन् । प्रतिमा तथा सचिनलाई दुईतर्फी टिकटको प्रायोजन कतार एयरवेजले गरेको छ । दुई टिकटको मूल्य ४ लाख रुपैयाँबराबरको हो । टिकटको भ्याट गोकर्ण फरेस्ट गल्फ रिसोर्टले तिर्ने मंगलबार आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।

दुई महिना अमेरिका बस्ने
नेपाल गल्फ संघका अनुसार प्रतिमा दुई महिना अमेरिकामा बस्नेछिन् । सुरुमा भेन्टुरास्थित गल्फ एकेडेमी अफ ओलिभिया लिंकमा प्रशिक्षण लिनेछन् । यस्तै, प्रतिमालाई टाइटललिस्ट पर्फर्मेन्स इन्स्टिच्युटमा एक हप्ताको गल्फ फिट्नेस प्रशिक्षण दिलाउन पत्राचार गरेको संघले जनाएको छ । सान डिइगोको गल्फ कोर्स पनि प्रशिक्षणका गर्नका लागि कुराकानी भइरहेको गल्फ संघले जनाएको छ । अमेरिका उड्नुअघि प्रतिमाले उत्साहित भएको प्रतिक्रिया दिइन् । ‘अमेरिका गएर प्रशिक्षण लिन पाउँदा पक्कै पनि नयाँ कुरा सिकिन्छ,’ प्रतिमाले भनिन् ।

तीन गल्फ प्रतियोगिता खेल्ने
प्रशिक्षणका अलावा प्रतिमाले तीनवटा गल्फ प्रतियोगितामा भाग लिनेछिन् । प्रतिमाले जुलाई १८ देखि २१ सम्म ५०औँ टाइटललिस्ट म्याच प्ले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछिन् । प्रतियोगिता क्यालिफोर्नियाको ओलिभिया लिंक गल्फ कोर्समा हुनेछ । यस्तै, ३१ जुलाईमा हुने फाउन्डर्स कपमा पनि प्रतिमाले प्रतिस्पर्धा गर्नेछिन् । यो प्रतियोगिता क्यालिफोर्नियाको क्यामारिल्लोको लास पोसास कन्ट्री क्लबमा हुनेछ । गल्फ संघका अनुसार प्रतिमाले ५ देखि ६ अगस्तसम्म सञ्चालन हुने टलरमेड टुर च्याम्पियनसिपमा पनि सहभागिता जनाउने छिन् ।

व्यावसायिक गल्फर बन्ने चाहना
१८ वर्षीया प्रतिमाले अहिलेसम्म जुनियर र सिनियर गरी ३२ वटा प्रतियोगिताको उपाधि जितिसकेकी छिन् । नागरिकता नभएका कारण प्रतिमा दुईपटक अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित भएकी थिइन् । बुबाको नागरिकता हराएको तथा आमाको नागरिकताबाट नागरिकता बनाउन ढिलाइ भएका कारण प्रतिमाले दुईपटक इन्टरनेसनल फाल्डो सिरिजमा छनोट भएर पनि खेल्न पाइनन् । लामो प्रक्रियापछि दुई महिनाअघि नागरिकता पाएकी प्रतिमाको अबको लक्ष्य नेपालको व्यावसायिक गल्फर बन्ने रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘अमेरिकामा प्रशिक्षण लिन पाउँदा गल्फ खेल्ने नयाँ तरिका तथा अन्य धेरै सिक्न पाउनेछु । अमेरिकाबाट फर्केपछि देश तथा बाहिर हुने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने प्रयत्न गर्नेछु’ प्रतिमाले भनिन्, ‘देशबाहिरका प्रतियोगिता खेल्ने शैली फरक हुन्छ, जहाँ प्रतिस्पर्धा गर्न पाउँदा प्रो गल्फर बन्न मद्दत गर्नेछ ।’ उनले आफ्नो लक्ष्य नेपालको नम्बर वान महिला प्रो गल्फर भएर एलपिजिए टुरमा सहभागी हुने भएको समेत बताइन् । श्राेत नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com