अमेरिका, युरोप लगायत भिजिटर भिसाको अप्वाइन्टमेन्ट र प्रकृयामा विश्वब्यापी ढिलाई


प्रकाशित मिति : असार ७, २०७९ मंगलबार

अमेरिका, युरोप लगायत भिजिटर भिसाको अप्वाइन्टमेन्टमा विश्वब्यापी ढिलाई भइरहेको छ । भिजिटर लगायतका अल्पकालिन भिसा लिन चाहने आवेदकहरुले भिसा अप्वाइन्टमेन्टका लागि लामो समय कुर्नुपरेको छ भने भिसा प्रकृयामा समेत ढिलो हुने गरेको छ । विश्वका कैयन देशमा भिसा आवेदनका नयाँ प्रावधानहरु समेत थपिएका छन् ।

तर सबैभन्दा ढिलाई भने अमेरिकाको भिजिटर लगायतका भिसा लिन चाहनेहरुका सन्दर्भमा भइरहेको छ । अमेरिकाको भिजिटर भिसा बी वानका लागि अप्वाइन्टमेन्ट पाउन निकै नै मुस्किल हुने गरेको छ ।

अमेरिकी दूतावास काठमाडौंमा भिसा आवेदन दिएका आवेदकले एकबर्षपछाडिको मात्र अप्वाइन्टमेन्ट उपलब्ध रहेको गुनासो गरेको छन् । अहिले अमेरिका जान चाहनेहरुका लागि समेत सन् २०२३ वा सोभन्दा पछिको मात्र अप्वाइन्टमेन्ट उपलब्ध रहेको सेवाग्राहीहरुको गुनासो छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै युरोपको शेंगेन भिसाको अप्वाइन्टमेन्ट पाउन पनि निकै मुस्किल हुने गरेको छ । भारत, अमेरिका र यूकेबाट शेंगेन भिसाको अप्वाइन्टमेन्ट पाउन निकै मुस्किल रहेको छ । नेपालबाट समेत अप्वाइन्टमेन्ट पाउनमा समस्या रहेको आवेदकहरुको भनाई छ ।

त्यस्तै चीनको भिसा आवेदकहरुले कोरोना परीक्षणका झन्झटिलो प्रकृयाको सामना गर्नु परिरहेको छ भने जापानको भिसामा पनि ढिलाई भइरहेको छ ।

कोरोना महामारीपछि विश्वका कैयन देशहरुले पर्यटकहरुलाई यात्रा सुचारु गरे लगत्तै आवेदनको संख्यामा बृद्धि भएकाले यो अवस्था श्रृजना भएको हो । त्यस्तै जुनदेखि अगस्तको बीचमा कर्मचारीहरुको कटौती भएकाले र महामारीका कारण सरकारी नीतिमा आएका परिवर्तनहरुले पनि भिसा प्रकृयामा ढिलाई भएको छ ।

सन् २०२२ भर नै भिसामा यस्तो समस्या जारी रहने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय यात्राको योजना बनाउनेहरुलाई सकेसम्म छिटो भिसाको प्रकृया सुरु गर्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com