फोर्ब्सको ३० वर्षमुनिका ३० प्रभावशाली एसियन युवाको सूचीमा ५ नेपाली


प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहीबार

फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन् । सूचीमा सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन्।

चार हजारभन्दा बढी युवाबाट तीन सय जना छनौट गरिएकोमा सोही तीन सयबाट ३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका युवाको अन्तिम सुची तयार पारिएको हो ।

२९ वर्षीय सुजित पाठक इनग्रेल नेपालका सहसंस्थापक हुन्। उनी ‘कन्जुमर टेक्नोलोजी’ विधामा सूचीकृत भएका हुन्। प्रारम्भिक दिनमा एक सञ्चार एपको रूपमा सुरू भएको इनग्रेल नेपालले हाल नेपालको ८ सयभन्दा बढी विद्यालयमा डिजिटल सहायता पुर्‍याइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै सुमित दाहाल नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका प्रयोगात्मक एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुन्। २७ वर्षीय सुमितले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपहरू निर्माण गरिरहेका छन्। उनले चिलीको अटाकामा मरूभूमिमा ब्रह्माण्डको प्रारम्भिक क्षणका माइक्रोवेबका अवशेषहरू अध्ययनका लागि तीनवटा माइक्रोवेब टेलिस्कोप तयार पारेका छन्।

पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष ऐश्वर्या रानी सिं‍ह ‘सोसल इम्प्याक्ट’ अर्थात सामाजिक प्रभाव विधामा सूचीकृत भएकी हुन्। पुतली नेपाल एक गैरनाफामूलक संस्था हो, जसले युवाहरूलाई उनीहरूको समुदायमा प्रशिक्षक बन्न मद्दत गर्छ। यो संस्था महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित संस्था छ।

‘रिटेल एन्ड इ-कमर्स’ विधामा सूचीकृत निरज काफ्ले र सन्तोष पाण्डे अफरिङ ह्यापिनेसका सह-संस्थापकहरू हुन्। २८ वर्षीय निरज र २५ वर्षीय सन्तोषले सन् २०१७ मा अफरिङ ह्यापिनेस सञ्चालनमा ल्याएका हुन्। ‘अफरिङ ह्यापिनेस’ ले उपहार र सर्प्राइज प्याकेज डेलिभरी गरेर खुसी बाँड्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com