अमेरिकी सिमाक्षेत्रमा गस्ती टोलीबाट बल प्रयोगबाट घटना कम गर्न शक्तिको कटौती


प्रकाशित मिति : माघ २६, २०७८ बुधबार

युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले सिमाक्षेत्रमा गस्ती गर्ने विवादास्पद टोलीको शक्ति र उत्तरदायीत्व घटाउने भएको छ । आप्रवासन अधिकारकर्मीहरुले त्यस्तो टिमले एजेन्टहरुले सिमाक्षेत्रमा आप्रवासीहरुमाथि गरेको दुव्र्यहारलाई लुकाउन मद्दत गरेको बताउँदै आएका छन् ।

सीबीपीले मंगलबार सार्वजनिक गरेको मेमो अनुशार नयाँ मापदण्डहरु जारी गर्दैै क्रिटिकल इन्सिडेन्ट टिम सीटीआईहरुको निगरानी बढाइने भएको छ । सीबीपीको अपरेशन म्यानुअलमा संहितावद्ध नगरिएको र आप्रवासी अधिकारकर्मीहरुले छाया प्रहरीका रुपमा चित्रण गरेको यो टिममाथि सुधार गर्न दवाव बढेको थियो ।

सीआईटी टिममाथि बर्षौदेखि आरोपहरु लगाइदै आएपनि सन् २०१० मा सिमा सुरक्षा गस्तीको हिराशतमा आप्रवासीको मृत्यु भएपछि सुधारको माग तीब्र बनेको थियो । अब शक्तिको प्रयोग लगायतका कैयन विषयमा अफिस अफ प्रोफेसनल रेस्पोन्सिविलिटी ओपीआरलाई सिमा सुरक्षा गस्तीका कैयन कामको पुनरावलोकन गर्न मेमोले बृहत अधिकार दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिमा सुरक्षा गस्ती सीआईटी टिमले सिमाक्षेत्रमा कुनै महत्वपूर्ण घटना देखेको अण्डमा अब तुरुन्त अफिस अफ प्रोफेसनल रेस्पोन्सिविलिटी ओपीआरलाई खबर गर्नुपर्नेछ । ओपीआरले कुनै कदम चाल्नुपर्ने वा नपर्नेबारे निर्धारणले गर्नेछ । ओपीआरले कुनै निर्णय नदिएसम्म सिमा सुरक्षा गस्तीले कुनै कदम चाल्न पाउनेछैनन् ।

सिमा सुरक्षा गस्ती ओपीआरले कुनै स्पष्ट निर्देशनविना सिमाक्षेत्रमा आएका आप्रवासीहरुको अन्तरवार्ता गर्न पाउनेछैनन् । सीबीपीले बल प्रयोगका घटना कम गर्न पछिल्लो चरणमा सुपरिवेक्षण र तालिम बढाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com