आजदेखि एसाइलीले पनि २ बर्षको वर्क परमिट पाउने, ४ वटा श्रेणी थप


प्रकाशित मिति : माघ २४, २०७८ सोमबार

अहिलेसम्म ग्रिनकार्ड आवेदन पेन्डिङ हुनेलाई २ बर्षको म्यादसहितको वर्क परमिट जारी गर्दै आएको युएससीआईएसले आजदेखि एसाइली लगायत विभिन्न ४ श्रेणीमा पर्नेहरुलाई पनि २ बर्षको वर्क परमिट प्रदान गर्ने भएको छ । निश्चित आवेदकहरुलाई अत्याधिक म्याद सहितको वर्क परमिट प्रदान गर्नेबारे युएससीआईएसले आज अपडेट गरिएको नीति निर्देशिका प्रकाशित गरेको हो ।

शरणार्थीका रुपमा प्रवेश पाएका, एसाइलम स्वीकृत भएका एसाइलीहरु, देशनिकाला रोक्का गर्ने निर्णय भएका, महिला हिंशाबिरुद्धको संघीय कानून अन्तरगत आवेदन दिएकाहरुलाई २ बर्षको वर्क परमिट प्रदान गरिने युएससीआईएसले जनाएको छ । मानवीय कारणले अमेरिकामा परोल पाएका र डाका प्राप्त गरेकाहरुलाई पनि परोल वा संरक्षण प्रदान गरिएको अवधिसम्मकै वर्क परमिट प्रदान गरिने भएको छ ।

फरबरी ७ भन्दा अगाडि निर्णय भएका वर्क परमिट आवेदनमा यो नियम लागु हुनेछैन । फरबरी ७ वा त्योभन्दा पछाडि निर्णय भएका आवेदनमा मात्र २ बर्षको वर्क परमिट प्रदान गरिनेछ । वर्क परमिट प्रतिस्थापनका आवेदनमा पनि पहिलेकै वर्क परमिटमा भएको म्याद जारी गरिने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएस र आवेदक दुबैको भार कम गर्न र सहजताका लागि नयाँ नीति ल्याइएको हो । युएससीआईएसमा अध्यागमन सुविधाका आवेदनको चर्को ब्याकलग रहेका कारण अध्यागमन सुविधा पेन्डिङ रहँदासम्म सेवाग्राहीको सहजताका लागि यो नियम ल्याइएको हो । त्यस्तै अमेरिकामा वर्क परमिटका आवेदनमा पनि युएससीआईएसले लामो समय लगाउन थालेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com