पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज आठ हजार ५३१ नमूना परीक्षण गर्दा एक हजार ७१४ मा सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा हालसम्म पीसीआर विधिबाट नौ लाख ६५ हजार २२२ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ३४ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ७८० छ ।
आज चार हजार ७७१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म नौ लाख ६३९ कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट नौ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ८०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।