क्यानडाबाट अमेरिका आउन खोज्ने पटेल परिवारका ४ जनाको चिसोले मृत्यु, मानव तस्करको संलग्नता


प्रकाशित मिति : माघ १५, २०७८ शनिबार

क्यानाडाका अधिकारीहरूले अमेरिकी सीमानाभन्दा केही कदम नजिक एक भारतीय परिवारै मृत फेला परेको घटना मानव तस्करीसँग जोडिएको बताएका छन् । अमेरिकासँग सीमा जोडिएको क्यानाडाको मनिटोबा सहरमा चिसोका कारण ३९ वर्षीय जगदीश पटेल, ३७ वर्षीया वैशालीबेन पटेल र उनीहरूका छोराछोरी ११ वर्षीया छोरी विहांगी र तीन वर्षीय छोरा धार्मिकको मृत्यु भएको हो ।

क्यानडाका अधिकारीहरूले चार भारतीय परिवारका सदस्यहरूको मृत्यु मानव तस्करीसँग जोडिएको विश्वास गरेका छन् । क्यानडाको मनिटोबा नजिकै अत्यधिक चिसोका कारण चारैजनाको मृत्यु भएको हो । परिवार पैदलै अमेरिका जान खोजेको रात माइनस ३५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

पटेल परिवार पहिलो पटक जनवरी १२ मा क्यानाडाको टोरन्टो शहरमा विमानबाट पुगेको थियो। त्यसपछि उनीहरु पश्चिमी क्यानडाको मनिटोबामा गएका थिए । जनवरी १८ तिर सीमावर्ती शहर इमर्सनमा गएका थिए । उनीहरुको शव भोलिपल्ट राति भेटिएको थियो ।

क्यानाडा अमेरिका सीमा नजिक इमर्सनमा कुनै पनि सवारीसाधन नभेटिएपछि उनीहरुलाई कसैले कारमा लगेर त्यहाँ छाडेको जनाइएको छ । त्यसपछि उनीहरु त्हाँबाट पैदल हिँडेर अमेरिका छिर्न खोज्दा मृत्यु भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनवरी १९ को साँझ अमेरिका छिर्न खोज्ने सात जना भारतीयको अर्को समूहलाई पनि सीमा क्षेत्रमा पक्राउ गरिएको थियो । पटेल परिवारको विषय सात व्यक्तिको समूहसँग सम्बन्धित भए नभएकोबारे केही बताइएको छैन । फ्लोरिडाका ४७ वर्षीय स्टिभ सान्डलाई भ्यानमा १५ जनालाई राखेर सीमा क्षेत्रतिर लैजादै गर्दा मानव तस्करीको आरोपमा पक्राउ गरिएको छ ।

यो घटना पटेल परिवारको शव भेटिएको रातको हो । शान्डको भ्यानमा दुई भारतीय यात्रुहरू पनि थिए र तिनीहरूको बुटमा खाना र पानीको क्यान थियो। पटेल परिवारको मृत्युले मनिटोबामा बस्ने भारतीय समुदाय स्तब्ध भएको छ ।

क्यानडामा अत्याधिक चिसोका बाबजुद पनि पटेल परिवार किन पैदल हिँडेर सीमा पार गर्न निस्कियो भन्नेबारे प्रश्नचिन्ह खडा भएको छ । यो परिवार ११ घण्टा हिँडेको समेत जनाइएको छ ।

अमेरिकाको दक्षिणी सिमानाबाट विना भिसा प्रवेश गर्ने घटना सामान्य मानिएपछि उत्तरीक्षेत्रबाट अमेरिका प्रवेशका घटना विरलै हुन्छन् । होमल्याण्ड सेक्युरिटी अधिकारीहरूले पटेल परिवारको मामला र मानव बेचबिखनको ठूलो अभियानको अनुसन्धान गरिरहेको बताएका छन् । यस अभियानमा स्टिभ सान्डको संलग्नता रहेको आशंका गरिएको छ ।

अदालतको कागजातका अनुसार स्टिभ सान्डलाई पक्राउ गरिएको ठाउँमा डिसेम्बर र जनवरीमा तीन अन्य मानव बेचबिखनका मुद्दाहरू पनि रिपोर्ट गरिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com