कोरोना सङ्क्रमण दर घट्यो, आज ६ हजार सङ्क्रमणमुक्त


प्रकाशित मिति : माघ १५, २०७८ शनिबार

पछिल्ला केही दिनयता नेपालमा कोरोना सङ्क्रमणदर घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि नेपालमा कूल परीक्षणको ५० प्रतिशत बढीमा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका अनुसार आज १४ हजार ५६२ नमूनाको परीक्षण गर्दा चार हजार ९०४ मा सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा पाँच हजार ९२४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना सङ्क्रमणबाट छ जनाको ज्यान गएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ हजार ३२९ पुगेको छ ।

हालसम्म कोरोनाबाट ११ हजार ७०३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ५२ लाख नौ हजार ५९६ नमूना परीक्षण गर्दा नौ लाख ४७ हजार ३९२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालसम्म आठ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा एक करोड ६५ लाख २७ हजार ७४१ पहिलो डोज, एक करोड ४० लाख १५ हजार ३४२ र तीन लाख ३३ हजार ८३५ मात्र बुस्टर डोज लगाइएको मन्त्रालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com