एड्भान्स डिग्री हुने र क्षमतावानलाई जागिरको अफर र लेबर सर्टिफिकेट विना ग्रिनकार्ड सहज


प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार

एड्भान्स डिग्री र विशिष्ट क्षमतावानलाई जागिरको अफर र लेबर सर्टिफिकेट विना राष्ट्रिय रुचीको छुटका आधारमा ‘ईबी टु’  ग्रिनकार्डबारे युएससीआईएसले नीति अपडेट गरेको छ । एड्भान्स डिग्री भएकाहरु र विशिष्ट क्षमता भएकाहरुका लागि राष्ट्रिय रुचीको छुटका अनुरोधहरु सम्बोधन गर्न नीति निर्देशिकामा अपडेट गरिएको युएससीआईएसले जनाएको छ ।

आप्रवासन र राष्ट्रियता ऐनमा रोजगारदाताले विशिष्ट क्षमता भएको वा एड्भान्स डिग्री भएको व्यक्तिका लागि रोजागारमा आधारित आप्रवासी भिसा आवेदन आई १४० फाइल गर्न सक्ने व्यवस्था गरेको छ । सामान्यतया यो प्रकृया रोजगारदाताले अमेरिकाबाट लेबर सर्टिफिकेशन प्राप्त गरिसकेपछिमात्र हुन्छ ।

तर आप्रवासन र राष्ट्रियता ऐनले निश्चित व्यक्तिलाई लेबर सर्टिफिकेशन र जागिरको अफरको प्रावधानमा छुट दिने व्यवस्था गरेको छ । राष्ट्रिय रुचीको सुविधा प्राप्त गरेको व्यक्तिले कुनै रोजगारदाता वा लेबर सर्टिफिकेट विना नै यो श्रेणीको आप्रवासी भिसाका लागि आफै आई १४० आवेदन दिनसक्छ ।

अपडेट गरिएको नीति यहाँ पढ्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसले अब कसरी राष्ट्रिय हित सुविधालाई विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित मा ग्रयाजुएट र उद्यमीहरूका सन्दर्भमा प्रयोग गर्न सकिन्छ भन्नेबारे स्पष्ट पारेको छ । साथै सरकारी र अर्ध सरकारी निकायहरूका पत्रको महत्वबारे पनि स्पष्ट पारेको छ । अपडेट गरिएको निर्देशिकाले अध्यागमन सुविधाको प्रभावकारी र कुशल प्रशोधनमा मद्दत गर्छ ।

 

यो निर्देशिका तत्कालदेखि लागु हुने जनाएको छ । साथै विगतका यो सम्बन्धित पूर्व निर्देशनलाई नियन्त्रण गर्ने र हटाउने युएससीआईएसले स्पष्ट पारेको छ । बाइडेनको कार्यकारी आदेश १४०१२ सँग मेल खानेगरी अमेरिकाको कानुनी अध्यागमन प्रणालीमा विश्वास पुनर्स्थापित गर्दै र नयाँ अमेरिकीहरूको लागि एकीकरण र समावेशी प्रयासहरूलाई सुदृढ गर्न नीति अपडेट गरिएको युएससीआईसले जनाएको छ ।

एड्भान्स डिग्री वा विशिष्ट क्षमताको प्रमाण उपलब्ध गराउनुको अतिरिक्त राष्ट्रिय हित सुविधा खोज्नेहरूले तीनवटा कारकहरू पनि पूरा गर्नुपर्छ । जसमा युएससीआईएसले जागिरको अफर र लेबर सर्टिफिकेशनमा छुट दिनका लागि उक्त व्यक्ति राष्ट्रिय हितमा छ कि छैन भनेर निर्धारण गर्न प्रयोग गर्दछ ।

पहिलो प्रावधानमा व्यक्तिको प्रस्तावित प्रयासको पर्याप्त योग्यता र राष्ट्रिय महत्त्व दुवै भएको प्रमाणित गर्नुपर्छ । दोश्रोमा प्रस्तावित प्रयासलाई अगाडि बढाउनको लागि व्यक्ति राम्रोसँग स्थितिमा भएको प्रमाणित गर्नुपर्छ । तेश्रोमा जागिरको अफर र लेबर सर्टिफिकेशनमा छुट दिंदा अमेरिकालाई फाइदा पुग्ने हुनुपर्छ ।

रोजगारमा आधारित पहिलो श्रेणी ईबीवानमा आप्रवासी भिसा वा ग्रिनकार्डका लागि आई १४० आवेदन दिंदा जागिरको अफर वा लेबर सर्टिफिशेकन आवश्यक नपर्ने भएपनि दोश्रो श्रेणी ईबी टुमा आवेदन दिंदा सामान्यतया जागिरको अफर र लेबर सर्टिफिशेकन आवश्यक पर्ने तर राष्ट्रिय रुचीमा आधारित छुट प्राप्त गरेर जागिरको अफर र लेबर सर्टिफिशेकन विना नै ईबी टु श्रेणीको ग्रिनकार्ड पाउन सकिने कानून व्यवासयी केशव सेडाईले जानकारी दिनुभयो । जागिरको अफर र लेबर सर्टिफिशेकनको छुट प्राप्त गरिसकेपछि रोजगारदाता विना नै आवेदक आफैले आवेदन दिनसक्ने सेडाईले जानकारी दिनुभयो ।

पहिलो श्रेणीको ईबी वानका प्रावधानहरु धेरै रहेकाले ई बी टु श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्न केही सहज हुने सेडाईको अनुभव छ । पहिलो श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नका लागि असाधारण योग्यता प्रमाणित गर्नुपर्छ भने दोश्रो श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नका लागि पेशागत एड्भान्स डिग्री वा विशिष्ट क्षमता प्रमाणित गरे पुग्ने प्रावधान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com