अन्तर्राष्ट्रिय कोर्सबुक प्रकाशकको पुस्तकमा बिष्णुमायाको कथाले धेरैलाई प्रेरित गर्नसक्ने: राजदूत बेरी


प्रकाशित मिति : भाद्र १६, २०७८ बुधबार

अमेरिका निवासी डाक्टर विष्णुमाया परियारको संघर्षकथा विश्वकै ठूलोमध्येको कोर्सबुक प्रकाशकको पुस्तकमा समावेश  गरिएकोमा त्यसले धेरैलाई प्रेरित गर्नसक्ने नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले आशा व्यक्त गरेका छन् ।

बेरीले भनेका छन् – ‘मैले २०१९ मा नेपाली सामाजिक कार्यकर्ता डा विष्णुमाया परियार लाई व्यक्तिगत रुपमा भेट्ने अवसर पाएको थिएँ । र समावेशीकरण र समानताको लागी उनको कामबाट प्रेरित भएको थिएँ। उनी द राइटर्स माइन्डसेट मा चित्रित भएकी छिन् जहाँ उनले अझ धेरैलाई प्रेरित गर्न सक्छिन् ।’

स्कुलदेखि विश्वविद्यालयसम्मका कोर्सबुकहरु प्रकाशित गर्ने विश्वकै तीन ठूला प्रकाशक कम्पनीमध्येको एक म्याक ग्र हिलबाट प्रकाशित पुस्तक द राइटर्स माइन्डसेटमा परियारको संघर्षकथा समावेश गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लिसा राइट हफ्नरबाट लिखित उक्त पुस्तकमा दलित परिवारमा जन्मिएकी डाक्टर विष्णुमाया परियारको पिस कप्र्सको सहयोगमा बदलिएको जीवनसंघर्षको कथा समेटिएको छ । सन् १८८८ मा स्थापित म्याक ग्र हिलबाट प्रकाशित पुस्तकहरु विश्वभरका ११ सय बढी शिक्षण संस्थाहरुले कोर्सबुकका रुपमा प्रयोग गर्दै आएका छन् ।

डाक्टर परियारको जीवनकथा समेटिएको यो पुस्तकमा राम्रो लेखक बन्नका लागि विद्यार्थीहरुले जान्नुपर्ने लेखन प्रकृयाबारे उल्लेख गरिएको छ । पुस्तकको मूल्य ७० अमेरिकी डलर रहेको छ । पुस्तककी लेखिका डाक्टर लिसा हफ्नर सन् १९९८ देखि टेक्सासको म्याकलेनन कम्युनिटी कलेजमा प्रोफेसर छिन् ।

डाक्टर परियारले घरेलु हिंशाबिरुद्ध र यौनहिंशाबिरुद्ध आउटरिज कोअर्डिनेटरका रुपमा काम गर्दै आएकी छिन् । दलित र सिमान्तकृत महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको एडवानकी संस्थापक परियारले न्युजर्सी मेयरका सल्लाहकार समितिमा रहेर समेत काम गरिन् । हाल उनी जर्सी सिटीको रोजगारी र तालिम समितिमा समेत सदस्य छिन् ।

डा. विष्णुमाया परियारले आफू संस्थापक अध्यक्ष बनेर सन् १९९८ देखि सुरु गरेको संस्था एड्वानले हालसम्म नेपालका  ५० हजार महिला  र २३ हजार भन्दा धेरै बालबालिकाहरुलाई बिविध सामाजिक र शैक्षिक परियोजनाहरू सन्तालन गरी लाभान्बित गरिसकेको छ ।

विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित भईसक्नु भएकी नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको थियो भने विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मानित गरिसकेको छ ।

१९९९ मा अमेरिका आएकी डा. विष्णुमायाले एक सेमेस्टर अंग्रेजी मात्र पढिन् । त्यसपछि उनलाई पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो । कलेजमा आएर पनि उनले टप गरिन् । उनी कलेजमा एक्सीलेन्ट पोलिटिकल साईन्स अवार्ड जित्न सफल भइन् । त्यतिमात्र होइन कलेज दिने प्रेसिडेन्ट कप अवार्डलगायत चार वटा उत्कृष्ट अवार्ड जित्न सफल भइन् । उनले त्यहिं पाइन म्यानर कलेजबाट २००४ सोसल एण्ड पोलिटिकल सिस्टममा ब्याच्लरर्स डिग्री गरिन् । अध्ययन पछि विष्णुमायाले एक वर्ष ओपिडीमा डोमेस्टिक भायलेन्स एड्भोकेटको रुपमा काम गरिन् । जहाँ उनलाई महिला हिंसा सम्बन्धि धेरै अनुभवहरु बटुल्ने र घरेलु हिंसाको बारेमा धेरै कुराहरु सिक्ने मौका मिल्यो ।

डा. विष्णुमाया परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राईट्स अवार्ड दिएको थियो । जुन अवार्ड विश्वका ६ जनाले मात्र पाएका थिए । त्यस्तै उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलर सहित अवार्ड दिएको थियो, जुन विश्वका ११ जनालाई मात्र दिईएको थियो । त्यस्तै सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । जुन विश्वका ६ जनालाई मात्र दिइएको थियो । त्यस्तै उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेड (वियोन्ड द पिएचडी) ले सम्मान गरेको थियो ।

डा. विष्णुमायालाई नेपाली कम्युनिटीका अधिकांश संस्थाले विभिन्न अवार्डबाट सम्मान गरेका छन् । उनीसँग सामाजिक न्यायका क्षेत्रमा कार्य गरेवापत ४० वटा भन्दा बढि अवार्डहरु छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com