एक्सक्लुसिभ : नेपाली विद्यार्थीलाई असाध्यै कम अमेरिकी भिसा (संख्यासहित)


प्रकाशित मिति : जेष्ठ १७, २०७४ बुधबार

नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भइसकेपछि अमेरिकी विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या ह्वात्तै घटेको छ ।

ट्रम्पले कार्यभार सम्हालेपछिको पहिलो महिना फरबरीमा एक दर्जनको हाराहारीमामात्र नेपालीहरुले विद्यार्थी भिसा प्राप्त गरेको विभिन्न तथ्यांकले देखाएको छ ।

दोश्रो महिना मार्चमा भने ३६ जना नेपालीहरुले विद्यार्थी भिसा प्राप्त गरेको अमेरिकी विदेशमन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । उनीहरुमध्ये ३१ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र अन्यले अरुदेशमा रहेका दूतावासबाट विद्यार्थी भिसा प्राप्त गरेका थिए ।

फरबरी र मार्चमा असाध्यै कम नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेपनि अप्रिलमा भने विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या केही बढेको छ । ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार अप्रिलमा ११९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका छन् । उनीहरुमध्ये ११६ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र ३ जनाले अरुदेशमा रहेका दूतावासबाट विद्यार्थी भिसा प्राप्त गरेका थिए ।

मार्चमा विद्यार्थी भिसाका ३२ जना नेपाली डिपेन्डेन्टहरुले अमेरिकाको भिसा प्राप्त गरेका छन् । उनीहरुमध्ये ३० जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र २ जनाले अरुदेशमा रहेका दूतावासबाट डिपेन्डेन्ट भिसा प्राप्त गरेका थिए । अप्रिलमा भने अमेरिकी भिसा पाउने विद्यार्थी भिसाका डिपेन्डेन्टहरु २७ जना रहेका छन् । उनीहरु सबैले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गरेका थिए ।

गतबर्ष (आर्थिक बर्ष २०१६) ओबामा कार्यकालमा ६४४० जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेकय थिए । गतबर्ष औषतमा हरेक महिना साढे ५ सय नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा प्रदान गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com