अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेमको प्रशारण शुक्रबारदेखि


प्रकाशित मिति : माघ १, २०७७ बिहीबार

एमएनटीभी अष्ट्रेलियाको आयोजनामा रियालिटी शोको प्रशारण हिमालय टेलिभिजनबाट राति ८ बजे गरिने

❒ विश्वभरका सैयौं प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा

❒ विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरुको  सहभागिता, टाईटल विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् जसमा १ लाख नगद र गीत

❒ रेकर्डिंग, म्युजिक भिडिया निर्माण, अन्तर्राष्ट्रिय प्रबद्र्धन लगायत समावेश

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आगामी आज जनवरी १५ तारिख शुक्रबार माघ २ गते सुरु हुने भएको छ । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिंग रियालिटी शोको प्रशारण हिमालय टेलिभिजनबाट राति ८ बजे गरिनेछ ।

विश्वभरका सैयौं प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा छ । कोभिड १९ कोरोना महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अन्तर्राष्ट्रिय अनलाईन प्रतिस्पर्धामा निर्णायकको रुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र रेजिना रिमाल रहनुभएको छ । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र मिस नेपाल ओसेनिया २०२० जेमिना श्रेष्ठले संयुक्त रुपमा गर्नेछन् । रोचक त के छ भने जेमिना श्रेष्ठ अष्ट्रेलियामा रहेर नै कार्यक्रमको सञ्चालन गर्नेछिन् भने निर्णायक मण्डलका एक सदस्य गायक विवेक श्रेष्ठ पनि अष्ट्रेलियामै हुनुहुन्छ ।

एमएनटीभी अष्ट्रेलियाका ब्रान्ड एवं मार्केटिंग म्यानेजर रमन झाले गायन प्रतिस्पर्धामा निर्णायकको मत नै अन्तिम हुने जानकारी दिनुभयो । झाले भन्नुभयो, “हामीले निर्णायकको मतलाई ७० प्रतिशत र दर्शकहरुको प्रतिक्रियालाई ३० प्रतिशतका आधारमा निर्णय गर्नेछौं ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्णायकमध्ये एक वरिष्ठ गायक दिप श्रेष्ठले आफ्नै मौलिकताका कारण हल अफ फेम दर्शकहरुको मन जित्न सफल हुने भन्दै देश बाहिर रहेका प्रतिभाहरुले कार्यक्रमबाट विशेष प्रोत्साहन प्राप्त गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हुनतः संगीतको सिमाना हुँदैन भनिन्छ । नेपालभन्दा बाहिर रहेका नेपालीहरुको प्रतिभा सम्मानमा यो एउटा कोशेढुंगा बन्नेछ ।”

हल अफ फेम सिजन २ मा सहभागी हुन कुनै उमेरको बन्देज लगाइएको छैन भने विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् । गत नोभेम्बर १५ सम्ममा आएका आवेदनमध्येबाट निर्णायक मण्डलले टप ५० को छनोट गरेका हुन् ।

कार्यक्रमको निर्माणमा विश्वस्तरको गायन प्रतिस्पर्धाहरुमा आफ्नो कला देखाइसक्नुभएका निर्देशक लक्ष्मण पौडेलले दर्शकहरुलाई नयाँ स्वाद दिन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । हल अफ फेमको टाईटल विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् जसमा १ लाख नगद र गीत रेकर्डिंग, म्युजिक भिडिया निर्माण, अन्तर्राष्ट्रिय प्रबद्र्धन लगायत समावेश छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com