बादलसँग तस्वीर खिच्न हाँडीकोट


प्रकाशित मिति : पुस २०, २०७७ सोमबार

समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो ! लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ ।

वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भए पनि हिउँदमा हिउँले घुम्टो नहालुञ्जेल हाँडीकोट पर्यटक पर्खिरहेको हुन्छ । प्रचारप्रसारको अभावकै कारण प्रकृतिको अनुपम उपहार भएर पनि हाँडीकोटले गाईबाख्रा हेर्ने गोठाला मात्रै भेटेर वर्षौं बितायो ।

बाइसे चौबिसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडीकोटले पछिल्लो समय न्याय पाउन थालेको छ । जैमिनी नगरपालिकाका तीन वडाको सङ्गममा रहेको टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्दछन् । आजकल हाँडीकोट पुग्नेको भीडनै लाग्न थालेको जैमिनी–१० राङ्खानीका स्थानीयवासी मित्र थापाले बताए।

जैमिनीको राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हाँडीकोट टापु साँच्चिकै सुन्दर छ । त्यहाँ पुगेर ‘आहा ! हाँडीकोट टापु’ नभनी सुखै छैन । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शिला सुसज्जित हाँडीकोटमा पुगेर पहाड खोँचमा मडारिएको बालदसँग तस्वीर खिचाउने आजभोलि दिनदिनै हाँडीकोट पुग्छन् । “एक पटक हाँडीकोटको सुन्दरतासँग तस्वीर खिचाउन त्यहाँ पुगेँ”, पर्वतको फलेवासबाट हाँडीकोट पुगेका हिटलर थापा भन्छन्, “छेउछाउमा धेरै घुमियो, मुख्य ठाउँमा बल्ल पुगियो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिउँदे वर्षा भएको भए यतिबेला हाँडीकोट टापु हिउँले पुरिएको हुन्थ्यो । यो वर्ष हिउँदे वर्षा नभएकाले आन्तरिक पर्यटकको रोजाइमा हाँडीकोट परेको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल बताउँछन् । वनभोज खान, भेला, गोष्ठी र सेमिनारका लागि हाँडीकोट पुग्नेसमेत बढेका छन् ।

हाँडीकोट टापुको चर्चा सुनेका बिदा मनाउनसमेत त्यहाँ पुग्ने गरेका छन् । कोरोना महामारीले विस्तारै तङ्ग्रिँदै गरेका विद्यालय अवलोकन भ्रमण र वनभोजका लागि विद्यार्थी लिएर हाँडीकोट पुग्ने गरेको स्थानीयवासी बताउँछन् ।

पर्यटकको आवागमन बढ्दै जान थालेपछि राङ्खानीका तिलक क्षेत्री यतिबेला कतारको काम छोडेर हाँडीकोट पुग्नेलाई खाजाको प्रबन्ध गर्न थालेका छन् । कमाइ र सेवा दुवै हुने भएपछि टापु नजिकै होटल सञ्चालनमा ल्याएका उनले सेवा दिन थालेका हुन् । क्षेत्रीले आफ्नै ठाउँ विहारथलामा परम्परागतरूपमा सञ्चालन हुँदै आएको होटललाई स्तरवृद्धि गरी ‘हाँडीकोट टापु रेष्टुराँ एण्ड लज’को रूपमा विकास गरेका छन् ।

हाँडीकोट पुग्ने पर्यटकले स्थानीय कोदोको ढिँडो, स्थानीय कुखुरा र खसीको मासु खोज्ने गरेका छन् । जैमिनी नगरपालिकाले बनाएको पदमार्ग र कच्ची सडकले पनि हाँडीकोटमा पर्यटक पुर्याउन सघाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com