२४ महिनाभित्र भिसा सकिएकाले विना अन्तरवार्ता मार्च ३१ सम्म भिसा नविकरण गर्न पाउने


प्रकाशित मिति : पुस १५, २०७७ बुधबार

अन्तिमपटक अपडेट:  मार्च ७, २०२१

अमेरिकी दूतावास काठमाडौंले नियमित भिसा सेवा सुचारु नगरेकाले नयाँ भिजिटर भिसा बीवान /बी टु जारी गरेको छैन । तर पहिले नै भिसा लिएकाहरुको विना अन्तरवार्ता नविकरण भने गरिरहेको छ ।

अहिलेका लागि २४ महिनाभित्र भिसा सकिएकाले विना अन्तरवार्ता भिसा नविकरण गर्न पाउने म्याद मार्च ३१, २०२१ सम्म रहेको छ ।  मार्च ३१, २०२१ सम्म विगत २४ महिनामा भिसा सकिएकाहरुले अमेरिकी दूतावास वा कन्सुलेटमा विना अन्तरवार्ता भिसा नविकरण गर्न सक्छन् ।

यसअगाडि डिसेम्बर ३१ सम्मका लागि यो सुविधा प्रदान गरिएकोमा यो अवधि मार्च अन्तिमसम्म अस्थायी रुपमा थप गरिएको थियो ।  दूतावास वा कन्सुलेटले निश्चित प्रकारका गैरआप्रवासी भिसाहरु अवधि सकिएको २४ महिनाभित्र विना अन्तरवार्ता नविकरण गर्न सक्नेछन् । कोरोनाको महामारीका कारण यो सुविधा प्रदान गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगतमा भिसा अवधि सकिएको १२ महिनाभित्रमात्र गैरआप्रवासी भिसाका आवेदकहरुले विना अन्तरवार्ता सोही श्रेणीका नयाँ भिसा प्राप्त गर्नसक्ने प्रावधान रहेको थियो । पुरानै श्रेणीको नयाँ अमेरिकी गैरआप्रवासी भिसा लिंदा कैयन आवेदनहरुले भिसा सकिएको दुईबर्षभित्र अमेरिकी दूतावास वा कन्सुलेटमा अन्तरवार्ता नदिइकनै नयाँ भिसा पाउन सक्नेछन् ।

उदाहरणका लागि विगतमा भिजिटर भिसा लिएको व्यक्तिले पुन: भिजिटर भिसा लिनुपरेमा भिसा सकिएको २४ महिनासम्म पनि विना अन्तरवार्ता नयाँ भिसा प्राप्त गर्नसक्नेछन् । अर्थात् विना अन्तरवार्ता नै भिसा नविकरण गर्न सक्नेछन् ।

भिजिटर लगायतका गैरआप्रवासी भिसाका सन्दर्भमामात्र यो नियम लागु हुने जनाइएको छ । भिसा अन्तरवार्ता दिनुपर्ने वा नपर्ने कुराको निर्धारण सम्बन्धित दूतावास वा कन्सुलेटले गर्नेछन् ।

थप जानकारीका लागि गैरआप्रवासी भिसा आवेदकहरुलाई आफ्नो नजिकको अमेरिकी दूतावास वा कन्सुलेटको वेवसाइटमा जान सुझाव दिइएको छ ।

मापदण्डहरु

अमेरिकाको भिजिटर भिसा समाप्त भएको २ बर्ष पूरा भएको छैन वा भिसा सकिन लागेको छ भने तपाईले त्यो भिसा दूतावासमा विना अन्तरवार्ता नै रिन्यु गर्न सक्नुहुनेछ । तर त्यसका लागि तपाईले  मापदण्डहरु पूरा गर्नुपर्छ ।

तपाईको भिजिटर भिसा (बी) भिसा रिन्यु गर्नका लागि तपाईले सन् २००८ को जनवरी १ वा त्यसपछि पूरानो भिसाका लागि अन्तरवार्ता दिएको हुनुपर्छ । तपाईको पहिलेको भिसा मल्टिपल इन्ट्री सहितको हुनुपर्छ ।

पहिले जारी भएको भिसा पूरा अवधि अर्थात ५ बर्षका लागि नै जारी भएको हुनुपर्छ । भिजिटर भिसाका लागि हालेको आवेदन अस्वीकृत भएको हुनुहुँदैन भने पूरानो भिसा हराएको, चोरी भएको वा खारेज गरिएको हुनुहुँदैन ।

त्यस्तै जन्ममिति, नाम, राष्ट्रियता जन्मस्थान लगायतका विवरणहरु परिवर्तन भएको हुनुहुँदैन । अमेरिका भ्रमणका क्रममा अमेरिकी कानुनको पालना गरेको हुनुपर्छ भने भिसा सकिएको २ बर्ष नाघेको हुनुहुँदैन ।

यदि यी मापदण्डहरु पूरा भएको खण्डमा तपाईले विना अन्तरवार्ता नै भिसा नविकरण गराउन सक्नुहुनेछ । त्यसका लागि तपाईले डीएस १६० नामको फर्म भने भर्नुपर्छ ।

त्यसपछि भिसा शुल्क तिरेर तपाईले अप्वाइन्टमेन्ट लिने पेजबाट आवश्यक कागजातको सुची सहितको पत्र प्राप्त गर्नुहुनेछ । त्यो पत्रको दुईकपी प्रिन्ट गरेर तपाईले एककपी पत्र, तपाईको पासपोर्ट, डीएस १६० कन्फर्मेशन पेज, विगतको भिसा, एक तस्विर, सर्पोर्टिंग कागजात दूतावाससमक्ष बुझाउनुपर्छ ।

त्यसपछि तपाईले केहीदिनमा नविकरण गरिएको भिसा पाउनसक्नुहुनेछ ।

यसबारे थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com