दृश्यावलोकन स्तम्भ निर्माणले गति लिएन, पाँच वर्षमा १५ प्रतिशत काम


प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार

करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ ।

निर्माण शुरु गरेको पाँच वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाडौँ महानगरपालिका (कामपा)ले नै स्वीकार गरेको छ ।

कामपा, निजी साझेदारी एकाइका पूर्वप्रमुख धु्रव काफ्लेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था पनि छैन, जेनतेन काम गरिरहेको छ । नियमानुसार सम्झौताको पूरा अवधि कामपाले कुर्नुपर्छ काफ्लेले भने । सम्झौताअनुसार काम हुने हो भने अहिले त कम्तीमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन ।

अहिले जमिनमुनिको काम सकिएको छ भने जमिनमाथि पिलर राख्ने काम भइरहेको छ । समग्रमा १५ प्रतिशतभन्दा बढी काम भएको छैन । दैनिक १०० कामदारले काम गरिरहेका छन् । कामपाले जमिनमुनिको काम सम्पन्न गर्नका लागि नियमानुसार गत वर्ष चैतमा एक वर्षको लागि समय थप गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समयमा नै सक्ने गरी काम गर्ने भए अहिलेसम्ममा आठ तलाको काम सम्पन्न गरिसक्नुपर्ने हो । उक्त टावर जमिनमाथि ११ र जमिनमुनि तीन तला निर्माण गर्ने सम्झौता भएको थियो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोइ विल्डर्स प्रालिबीच विसं २०७१ फागुन २२ मा सम्झौता भएको थियो ।  कम्पनीले  निर्माणको काम भने २०७३ साउन ३० गतेबाट शुरु गरेको हो । सम्झौतानुसार आगामी साउन महिनासम्ममा सक्नुपर्ने हो, तर त्यो अवस्था भने छैन ।

सम्झौतानुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । “पछि काम गर्ने वातावरण हुँदा पनि काम गरेको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन । कम्पनीले कामपालाई शुरुको समयदेखि नियमितरूपमा बुझाउनुपर्ने सम्झौताअनुरुपको कर दिइरहेको छ”, प्रमुख काफ्लेले भने ।

नियमानुसार सम्झौतानुसार निर्धारित समयमा नै काम नसकेमा एकपटक दुई वर्षका लागि समय थप्न मिल्छ । गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । निर्माणको लागत रु चार अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बस पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडी पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् ।

स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । सो अग्लोघर नेपाली कला संस्कृति झल्किने खालको हुनेछ । टावर निर्माण भएर सञ्चालनमा आए पाँच हजार ५०० व्यक्तिले रोजगारी प्राप्त गर्ने बताइएको छ ।

समयमा नै काम सम्पन्न गर्ने गरी २०७२ कात्तिक २५ गते  उपराष्ट्रपतिबाट भवनको शिलान्यास भएको थियो । नियमानुसार निर्माण कम्पनीले काम गरेमा पहिले दिएको भन्दा एकपटक एक वर्षको लागि समय थप गर्न मिल्ने छ ।

दृश्यावलोकन स्तम्भ निर्माण गर्नका लागि बसपार्कबाट आवतजावत गर्ने सवारी साधनलाई खुलामञ्चमा सारिसकिएको छ । केही समयका लागि तय गरिएको बसपार्क साँघुरो हँुदा यातायातका साधनले खुम्चिएर आवतजावत गरिरहेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com