हट्दै मालपोतको झन्झट र अपारदर्शिता


प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार

मालपोत कार्यालय भन्नासाथ धेरैको दिमागमा आज पनि धेरै झञ्झट व्यहोर्नुपर्ने अड्डा मात्र होइन कर्मचारीको मनोमानी, खुलमखुला आर्थिक लेनदेन हुने स्थल सम्झन्छन् । जग्गाको मोलमोलाइ, कमिशन र दलालको बिगबिगीजस्ता कुराले मालपोत कार्यालय लामो समयदेखि सेवाग्राहीका बीचमा बदनाम छ तर पछिल्लो समय प्रविधिमैत्री सेवा प्रवाहलाई आत्मसाथ गर्न थालेपछि उल्लेख्य सुधार आएको छ । बिचौलियाको तँछाडमछाड हुने र कर्मचारीको पहिलो रोजाइमा पर्ने अड्डामा पूरै नभए पनि अधिक सुधार आएको स्वयं सेवाग्राही बताउँछन् ।

मालपोत कार्यालय बागलुङले सेवाग्राहीलाई थप प्रभावकारी र पारदर्शी बनाउन अहिले सिसीक्यामेरा जडान, स्तनपान कक्ष, नगदरहित कारोवार तथा कोरोना रोकथाममैत्री वातावरणलगायतका कार्यले सेवा लिन पुगेका नागरिकले भिन्न अनुभूति गर्छन् ।

मालपोत कार्यालयमा पछिल्लो समय सेवाग्राहीमैत्री वातावरण तयार भएको जग्गाको कारोवार गर्नका लागि जिल्ला मालपोत कार्यालय बागलुङ आएका नेपाल बङ्गलादेश बैंक बागलुङ शाखाका वरिष्ठ सहायक सुन्दु सापकोटाले बताए ।

“बैंकको कामबाट कहिले जग्गा रोक्का त कहिले फुकुवा काममा हप्तैपिच्छे मालपोत कार्यालय आउने गर्दछु”, सापकोटाले भने, “अहिले मालपोतमा सेवा लिन निकै सहज भएको छ, थोरै समयमा धेरै काम गर्न सकिन्छ ।” पहिला कार्यालय प्रमुखको हस्ताक्षर लिन दुई तलामाथि जानु पर्दथ्यो, कुन कोठामा के काम हुन्थ्यो भन्ने कुनै जानकारी थिएन, भीडभाड हुन्थ्यो तर अहिले निकै व्यवस्थित भएको महसुस भएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

मालपोतमा भीडभाड हुने जानकारी भएकाले बिहानै बलेवा पैँयुपाटाबाट ससुरासँग बागलुङ बजार आएकी ४६ वर्षीया माया नेपाली मालपोतमा निकै छिटो काम भएकामा दङ्ग थिइन् । “मालपोतमा ढिलो काम हुन्छ भन्ने सुनेर १० बजे नै बलेवाबाट कार्यालय आए पनि काम समयमै सकिँदा अन्य बजारको कामसमेत गर्न भ्याएँ”, नेपालीले भनिन्, “हाम्रो पहिलाको मान्यताअनुसार कार्यालय नभएको पाइयो, निकै व्यवस्थित भएका कारण काम गर्न सहज भयो ।”

अन्य सरकारी कार्यालयभन्दा बढी सफा सुग्घर, अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, मूलद्वारमै हात धुने व्यवस्था रहेको सेवाग्राहीले बताएका छन् । हिजोको दिनमा सेवाग्राहीलाई कोठैपिच्छे कागज लिएर हिँड्नु पर्दथ्यो, अहिले सबै कोठा हटाएर एउटै हलमा काम हुने व्यवस्था गर्दा बढी पारदर्शी भएको छ । कोठैपिच्छे हिँड्नुपर्ने समस्याले हैरान पर्ने गरेका सेवाग्राहीलाई कार्यालय व्यवस्थापनसँगै सहज गराउने प्रयास भएको कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताए ।

जग्गावालाभन्दा तेस्रो व्यक्तिको प्रयोगले समस्या हुँदै आए पनि अहिले सहज भएको शर्माको भनाइ छ । कार्यालयको भुइँतलामा रहेका आठ कोठालाई भत्काएर हल बनाई आलुमिनियम र सिसाको काउन्टर बनाई सेवाग्राही मात्र सेवा लिनका लागि भित्र जाने र पारदर्शीरूपमा सेवा दिनेरलिने वातावरण बनाइएको शर्माले जानकारी दिए ।

कार्यालयभित्र पस्नासाथ कुन मानिसले कस्तो व्यवहार गरेको छ भन्ने कुरा सिसीक्यामेराबाटै देखिन्छ । नगद बैंकमा जम्मा गरेर भौचरमात्रै बुझाउनु पर्दा घुस खाने/खुवाउने प्रवृत्तिको समेत अन्त्य भएको कार्यालय प्रमुख शर्मा बताउँछन् ।

महिलाले बच्चा लिएर आउने र दूध खुवाउन समस्या भएका कारण स्तनपान कक्ष निर्माण, कार्यालय परिसरमै प्रभु बैंकको काउण्टर स्थापना गरिएको छ । कार्यालयमा शुद्ध खानेपानीको समेत व्यवस्था गरिएको छ ।

कोरोना महामारीले गर्दा धेरै भीडभाड गर्न नपाइने भएकाले अनावश्यक मानिसलाई प्रवेशमा रोक, मास्क तथा स्यानिटाइजरको प्रयोग, अनिवार्य हात धोएर मात्र प्रवेश गर्न दिने र सामाजिक दूरी कायम गराउँदै आएको छ । अब कार्यालयमा पुराना लिखत, पुराना दर्ता, भूमि सुधारका पुराना फारामलाई आगामी दिनमा व्यवस्थापन गर्ने र आवश्यक परेको समयमा तुरुन्तै भेट्टाउन सकिने गराउने मालापोत कार्यालयको योजना छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com