कोरोना कहर : न कोसेलीको आश, न त खबर बुझ्ने उत्सुकता


प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

नेपाल सरकारले यही असोज १ गतेदेखि लामो दूरीकोे यातायात सञ्चालन गरेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमणको त्रास बढेको छ । अहिले सडक तथा हवाई मार्ग हुँदै देशको जुनसकै क्षेत्रबाट नागरिक निर्बाध आउने क्रम बढेको छ ।

विगतका दिनमा शहरबाट नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै खबर सोध्न र कोसेली बुझ्न झुम्मिने छिमेकी अहिले परपरै भाग्ने गरेका छन् । अहिले न त कोसेलीको आश छ न त नयाँ खबर बुझ्ने इच्छा रु शहरबाट आउनेसंँग कोरोना सङ्क्रमण हुन सक्ने भएकाले कोसेली त के भेट्नसम्म नपाए हुन्थ्यो भन्नेको सङ्ख्या बढी पाइन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्क हेर्दा असोज १ गतेदेखि बुधबार बिहानसम्म सडक हुँदै एक हजार ९२३ जना जिल्ला भित्रिएका छन् । ट्राफिक प्रहरी इञ्चार्ज कृष्ण कटुवालका अनुसार उनीहरु ३९५ सुमो र १५० वटा बसमार्फत जिल्ला भित्रिएका हुन् ।

जिल्ला भित्रिएका नागरिकको न त पिसिआर परीक्षण छ न त क्वारेण्टिनमा राख्ने र बस्ने स्पष्ट निर्देशन नै जारी गरिएको छ । यसले जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै स्थानीयवासीले चिन्ता व्यक्त गरेका हुन् । नेपालमा दिनप्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढदै जाँदा यातायात सञ्चालनले गाउँबस्तीमा समेत कोरोना फैलन सक्ने नेचासल्यान गाउँपालिकाका हिमबहादुर बस्नेत चिन्ता व्यक्त गर्नुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुरुआती चरणमा स्थानीय सरकारले बाहिरी जिल्लाबाट आएका नागरिकलाई क्यारेन्टिनमा राख्ने, आवगमनमा कडाइ गर्ने, सीमानाकामा जाँच गरे पनि अहिले कति नागरिक गाउँपालिका भित्रिए भन्नेसमेत तथ्याङ्क राख्न सकेका छैनन् । गाउँघरमा आएका नागरिकसमेत खुला रुपमा हिँडडुल गर्दा कोरोना सङ्क्रमण भयावह स्थितिमा पुग्ने बस्नेतको अनुमान छ ।

जिल्ला भित्रिने मुख्य नाका सोलु दूधकुण्ड नगरपालिका पत्ताले भए पनि नगरपालिकाँग भने के कति नागरिक जिल्ला भित्रिए भन्ने तथ्याङ्क छैन । सङ्घीय सरकारले नै लामो दूरीको यातायात सञ्चालन गरेपछि स्थानीय तहमा भित्रने नागरिकका विषयका समन्वयमा समेत समस्या भएको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ ।“जिल्ला बाहिरबाट आएका नागरिकको व्यवस्थापन अहिलेकोे मुख्य चुनौती रहेको छ ”, अध्यक्ष राईले भन्नुभयो, “स्थानीय नागरिक सचेत हुनुको विकल्प छैन ।”

लामो दूरीको यातायात र हवाई उडानसमेत सञ्चालन भएसँगै दशैँतिहारका लागि नागरिक आउने क्रम बाक्लिएको छ । असोजको पहिलो सातादेखि जिल्लाका सबै क्षेत्रमा विद्यालयसमेत सञ्चालन भइसकेको छ । यस अवस्थामा खुला आवागमन तथा व्यवस्थापनमा ध्यान नपुग्नाले आगामी दिनको अवस्था जटिल हुने स्थानीय नागरिक बताउँछन् ।

समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण फैलन सक्ने अनुमान गरिरहँदा जिल्लामा कोरोना परीक्षणसमेत हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेल स्वीकार गर्नुहुन्छ ।

नेपालमा कोरोनाको महामारी नफैलिँदा नै क्वारेन्टिनमा बस्ने, राख्नेलगायत प्रभावकारी ढङ्गबाट काम गरेको देखाउने निकायसँग पछिल्लो अवस्थानुसारको विशेष योजना बनाउन स्थानीयवासीको माग छ । सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा भने स्वाब सङ्कलन र परीक्षणलाई आगामी दिनमा तीव्रता दिइने बताउनुहुन्छ ।

हाल कोरोना सङ्क्रमणमुक्त रहेको सोलुखुम्बुमा रेड जोनबाट आएका नागरिक खुला हिँड्डुल गर्न थालेपछि सङ्क्रमणको जोखिम बढेको सल्लेरीका विवेककुमार दासको भनाइ छ । यस विषम परिस्थितिमा समेत स्थानीय तहले ठोस कदम चाल्न नसकेको उहाँको गुनासो छ । यही अवस्था रहिरहने हो भने शुरुआती चरणमा कोरोना रोकथाम तथा नियन्त्रणमा गरिएको करोडौं खर्च बालुवामा पानी हालेको जस्तै हुने आङ्पेम्बा शेर्पा बताउनुहुन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com