नासो कम्युनिटी अमेरिकाको अधिवेशन सेप्टेम्बर २७ मा
प्रकाशित मिति : भाद्र १८, २०७७ बिहीबार
नासो कम्युनिटी अमेरिकाको छैठौं अधिवेशन एवं साधारण सभा यहि सेप्टेम्बर २७ मा भर्च्युअल (अनलाइन ) माध्यमबाट हुने भएको छ। कोभिड-१९ का कारण निश्चित स्थानमा भेला भएर अधिवेशन गर्न असम्भव भएकोले भर्च्युअल गर्न लागिएको हो।
अधिवेशन एवं साधारण सभालाई सफल बनाउन तयारी तिव्र रुमपा भई रहेको जानकारी गरिएको छ। यस अधिवेसनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व पनि चयन गर्ने छ।
अमेरिका, भर्जिनियाका समाजसेवी कृष्ण सोबको संयोजकत्वमा डीबी सागर बिश्वकर्मा र प्रकाश नेपाल सहितको ३ सदस्यीय निर्वाचन समिति पनि बनाइएको कुरा अध्यक्ष गोपाल बिश्वकर्माले जानकारी गराउनु भएको छ। कार्यक्रमको पहिलो सत्र उद्घाटन हुनेछ भने दोस्रो बन्द सत्र हुने छ।
अमेरिकाभर छरिएर रहनु भएका नासोसंग सम्बद्ध सबैलाई अधिवेशन एवं साधारण सभामा सहभागी हुन संस्थाले अनुरोध गरेको छ । साथै नासोका शुभेच्छुकहरुलाई समेत यस अधिवेशनमा सहभागिताका लागि हार्दिक आवहान पनि गरिएको छ।
जात व्यस्था बिरुद्ध तथा सबै प्रकारका विभेदका बिरुद्ध नेपाल र अमेरिकामा सामाजिक अभियानमा सक्रिय संस्थाको रुपमा नासो कम्युनिटी अमेरिका परिचित छ।