पुष्पलालको सपना साकार पार्न विभाजित कम्युनिष्ट एकतावद्ध भयौँ : प्रधानमन्त्री ओली


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उहाँले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, बाम–लोकतान्त्रिक संयुक्त जन–आन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालप्रति यस अवसरमा विज्ञप्ति मार्फत् यो कुरा भन्नुभएको हो ।

पुष्पलालको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नु अगाडि पनि नेपालमा कम्युनिष्ट नेता र कार्यकर्ता थिए तर, कम्युनिष्ट आन्दोलनको ब्यवस्थित राजनीतिक र सांगठनिक आकार थिएन प्रधानमन्त्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

‘कमरेड पुष्पलालकै अगुवाईमा कम्युनिष्ट आन्दोलनको संस्थागत थालनी, समाजको तत्कालिन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संगठनको स्थापनामा भयो’ प्रधानमन्त्रीले हस्ताक्षर गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विचारका हिसाबले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नु पर्ने के हो र कसरी अगाडि बढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाउनु भएको साथसाथै पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउनु भएको विज्ञप्तिमा उल्लेख गर्नुुभएको छ ।
प्रधानमन्त्री ओलीले पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक सम्पूर्ण रुपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गर्नुभएको भन्नुभएको छ ।

उहाँले विचारलाई विचारको रुपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भनेर संगठन निर्माण गरेको र बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन नसक्ने बताउनुुभएको छ ।

पुष्पलालको सपना साकार पार्ने बाटोमा विभाजित कम्युनिष्ट आन्दोलन एकतावद्ध, राष्ट्रब्यापी र मजवुत भएको र पार्टीले करिव दुई तिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ विज्ञप्तिमा उल्देख गर्दै प्रधानमन्त्री ओलीले पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेको उल्लेख गर्नुुभएको छ ।

देशलाई समृद्ध बनाउने साधन पार्टी भएको र पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य रहेकोमा उहाँले जोड दिनु भएको छ ।

हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाक्षा अगाडि सारेका छौं । हामी यसअघि गर्न नसकेका र नगरिएका तमाम कामहरु गर्दैछौं भन्दै प्रधानमन्त्री ओलीले पुष्पलालका नीतिहरु आजका सन्दर्भमा यिनै रहेको प्रष्ट्र पार्नुु भएको छ ।

‘ पुँजी र प्रविधिलाई हाम्रा प्रयासहरुमा मिसाऔँ, उत्पादन बढाऔँ, निर्यात बढाऔँ, आयात घटाऔ’ प्रधानमन्त्रीले भन्नुुभएको छ, ‘यस बाटोबाट हामी समृद्धि हासिल गर्ने छौँ । र, आज हामी समृद्धिका लागि मेहनत गरिरहेका छौं । अहिले कम्युनिस्ट पार्टीको सरकारले समानतालाई समृद्धिसँग जोडेर अघि बढिरहेको तथ्य स्पष्ट छ ।’

आजको पिंढीले आफ्नो जीवनमा समृद्धि सहितको समानता हासिल गरी पुष्पलालका योगदान स्मरण गर्नेछ । पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने संकल्प गर्दै ४२ औं स्मृति दिवसमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दछु प्रधानमन्त्री ओलीले बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com