नेपालमा लकडाउन खुल्यो, यसरी गर्नुस् सुरक्षित बस यात्रा


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

घरबाट निस्कँदै हुनुहुन्छ ? बानी बदल्नुस्। तीन कुरा साथमा राख्न नबिर्सनुस्। १. मास्क। २.सेनिटाइजर। ३. चानचुन नोट (पैसा)।

यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुन सक्छ। यसबाहेक नोट गन्दा बूढी र चोरऔंलामा थुक लगाउने पुरानो बानी त्याग्न चिकित्सकको आग्रह छ। सार्वजनिक सवारीसाधनका सह–चालक पनि सावधान हुनुहोस्– ‘फलाना ठाउँ आयो’ भन्दै चिच्याउँदा थुकका छिटा यात्रुतिर पर्लान्।

लकडाउन आंशिक खुलेकै अवस्थामा उपत्यकामा कोरोना भाइरस संक्रमण बढेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मंगलबार ९ नयाँ संक्रमित थपिएका छन्। अब लकडाउन खोलिएपछि यसको जोखिम झन् थपिनेछ। त्यसैले यात्रा त गर्नुस्, सचेत हुनुस्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार सार्वजनिक यातायात चढ्दा पूर्वसावधानी अपनाउनुपर्ने हुन्छ। उनी भन्छन्, ‘घरबाट निस्कँदा चानचुन लिएर निस्कनु उपयुक्त हुन्छ। ठूलो नोट साट्दाखेरि सहचालकसँग बोल्नु पर्दा वा थुक लागेको नोट छ भने संक्रमणको जोखिम हुन्छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुट्खालगायत सुर्तीजन्य पदार्थ खाने सहचालक वा यात्री भएको खण्डमा नोटमा थुक भेटिने वा बोल्दा थुकका छिटा पर्ने सम्भावना हुन्छ। धेरैजसो सहचालकको पैसा गन्दा थुक लगाउने पुरानो बानी छ। ‘सहचालकले यात्रीसँग कराउन थाले पनि जोखिम हुन्छ। मास्क लगाउने र चुप्प लागेर चानचुन पैसा लिनु बुद्धिमानी हुन्छ’, डा. पुनले भने।

विगतमा झैं यात्रुले भाडामा किचकिच गर्ने, झ्यालबाट थुक्ने, जहाँ पायो त्यहीँ बस्ने, डन्डी वा सिटमा जहाँतहीँ छुने कार्य नगर्न डा। पुनको आग्रह छ। सकेसम्म यात्रु र सहचालकबीच पनि धेरै नबोल्दा नै उपयुक्त हुने डा. उनको सल्लाह छ। सहचालक दिनभरि धेरै व्यक्तिसँग कारोबार गर्नुपर्ने हुँदा संक्रमणको उच्च जोखिममा रहने चिकित्सकहरू बताउँछन्।

सरकारले सार्वजनिक यातायात चलाउने निर्णय गरेपछि खुसीसँगै चिन्ता बढेको छ। यातायात व्यवस्था विभागका महानिर्देशकका गोगनबहादुर हमालका अनुसार, साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुनेछन्। मन्त्रिपरिषद्को निर्णयअनुसार, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइने उनले जानकारी दिए। विभागले पनि यातायात सञ्चालनसम्बन्धी सुरक्षात्मक निर्देशिका बनाएको छ। उनले भने, ‘चालक र सहचालकले मास्क, सेनिटाइजर, पञ्जालगायत सुरक्षात्मक उपाय अपनाएरै यातायात सञ्चालन गर्नुपर्ने हुन्छ। यात्रुले पनि सजग हुनुपर्छ। सावधानी अपनाउनुपर्छ।’ भाडा भने यसअघि भन्दा ५० प्रतिशत बढी तिर्नुपर्ने उनले जानकारी दिए। यात्रुले सिटमा बस्दा पनि कम्तीमा २ मिटरको दूरी कायम गर्नुपर्छ।

मुलुकमा हालसम्म १७ हजार ९ सय ९४ संक्रमित भइसकेका छन। मन्त्रालयका अनुसार, पीसीआर विधिबाट हालसम्म ३ लाख २३ हजार ८ सय ३५ परीक्षण गरिएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७ सय ४ छ। त्यस्तै अस्पतालको आइसोलेसनमा उपचाररतको संख्या ५ हजार ४ सय ७७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये १२ हजार ७ सय ७७ जना डिस्चार्ज भइसकेका छन्। कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भएको छ।

सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतम भन्छन्, ‘कोरोनाको संक्रमण घटेको कारणले गरिएको होइन। लामो समयदेखि नियमित उडान बन्द हुँदा स्वदेश आउन चाहने र विदेश जाने यात्रुको सहजीकरणका लागि हो। हवाई मार्गको माध्यमबाट हुने व्यापार व्यवसायमा परेको असरलाई पनि ध्यानमा राखेर निर्णय गरिएको हो।’ यद्यपि, छिमेकीलगायत अन्य मुलुकमा हवाई उडान सुचारु गर्दा कोरोनाको संक्रमण एक्कासि बढेको तथ्यलाई मनन् गर्न डा। गौतम आग्रह गर्छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com