विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।

उनले सैद्धान्तिक रूपमा गत सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णय गत बिहीबार औपचारिक रूपमा सार्वजनिक भए पनि श्रम मन्त्रालयले वैदेशिक रोजगार कोषको पैसा निकासा गर्ने निर्णय गरेसँगै व्यावहारिक प्रक्रिया सुरु भएको बताए ।

वैदेशिक रोजगार बोर्डका अध्यक्षसमेत रहनुभएका श्रममन्त्री यादवले गोरखापत्रसँगको कुराकानीमा भने, “बोर्डले कल्याणकारी कोषको रकम विदेशमा रहेका दूतावासमा पैसा पठाउने निर्णय आजै (सोमबार) मात्रै गरेको छ र अब टिकट काट्ने पैसा नभएर स्वदेश आउनबाट कोही पनि वञ्चित हुनुपर्दैन । ” मन्त्रालयले दूतावासको मागअनुसार दूतावासमा पठाएको रकमबाट सरकारको मापदण्डमा परेका व्यक्ति सरकारी खर्चमै स्वदेश फर्किन सक्ने उनको भनाइ छ ।

मन्त्री यादवले सरकारले आवश्यक खर्च दूतावासमा निकासा गर्ने व्यवस्था गरिसकेकाले विदेशमा अलपत्र श्रमिक स्वदेश फर्काउन लाग्ने हवाई टिकटबापतको खर्च र श्रमिकको विवरणसहित संलग्न गरी सम्बन्धित दूतावासले रकम निकासाका लागि बोर्डको सचिवालयमा पठाउनुपर्ने बताए । सरकारको निर्णयमा एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिक स्वदेश फर्काउँदा शतप्रतिशत खर्च वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट बेहोरिने उल्लेख छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com