राजधानी छिर्ने मुख्य नाका ठप्प


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

अविरल वर्षाका कारण संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ। धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपछि सोमबार दिउँसोदेखि राजधानीसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको छ।

पुलको धादिङ तर्फको भुभाग खहरे खोलाले बगाएपछि सडक र पुल बीचबाट खोला बगेकाले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले बताए। मौवाखोलामा आएको बाढीले करिब १५ मिटर पुलसँगै जोडिएको सडकसमेत बगाएको छ। सडक ठप्प हुँदा तनहुँ र चितवनबीच समेत आवतजावत रोकिएको छ। मौवाखोलाले तीन वटा घरसमेत बगाएको धादिङ प्रहरीले जनाएको छ।

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलोमा पनि पहिरो खसेको छ। सोमबार बिहान पाँच बजे पहिरो खसेपछि दुईतर्फी सडक बन्द छ। ‘माथिबाट लगातार पहिरो खसिरहेकाले हटाउनै सकिएन’, नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले भने, ‘पानी कम भयो भने मंगलबार मात्रै काम थाल्छौं।’

त्यस्तै, कुरिनटार, चोर खोला लगायतका स्थानमा पनि पहिरो खसेको छ। चारकिलो नारायण मुग्लिन सडकको सबैभन्दा बढी पहिरोको जोखिम भएको स्थान हो। असार दुई गते पनि उक्त स्थानमा पहिरो खस्दा दुई दिनसम्म यातायात प्रभावित भएको थियो। पहिरो नियन्त्रणका लागि सुरु गरिएको रक नेटिङ पनि रोकिएको छ। कमजोर भूबनोटका कारण पहिरो खसिरहँदा मजदुरले काम गर्न सकेका छैनन्। पहिरोका कारण सीमलताल, जुगेडी, रामनगरमा सवारी रोकिएको छ। जोखिममा रहेका सवारीलाई सुरक्षित स्थानमा फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताए। नारायणगढ मुग्लिन सडकमा पहिरोका जोखिमयुक्त क्षेत्र ३२ वटा छन। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com