हराएको १५० दिनपछि मानव कङ्काल सार्वजनिक


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विसं २०७६ फागुन १० गते हराएका बराहताल गाउँपालिका–१ सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको मानव कङ्काल सार्वजनिक गरेको छ । हराएको करिब १५० दिनपछि रानाको कङ्काल प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

रानाको पत्नी मनरुपा रानाले गत फागुनमा हराएका उनलाई बेपत्ता पारिएको भनी गत असार १६ गते सोही वडावासी ३१ वर्षीय यामबहादुर सम्सेली र ३० वर्षीय सूर्यबहादुर वलीविरुद्ध प्रहरीमा किटानी जाहेरीपश्चात् उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरी अनुसन्धान थालिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

अनुसन्धानको क्रममा जिप्रका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको टोलीले गत असार ३१ गते ठाकुरबाबा नगरपालिका–१ बर्दिया राष्ट्रिय निकुञ्जस्थित पाँडे खोलामा रानाको कङ्काल फेला पारेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए । उनका अनुसार उक्त कङ्काल शिवरामकै हो भनी मृतककी पत्नी मनरुपा राना र बुबाले सनाखत गरेपछि यही साउन २ गते उनीहरु विरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि त्यहीअनुरुप अनुसन्धानको कारवाही अगाडि बढेको छ ।

प्रहरीले बर्दिया राष्ट्रिय निकुञ्जस्थित पाँडेखोलाबाट एक थान एक नाले भरुवा बन्दुक, दुई थान मृतक शिवरामको टाउकाको खप्पर मानव कङ्काल, एक थान खुट्टाको हड्डी, दुई थान हातको हड्डी, एक थान कलो सल्याक्स, खैरो कालो रङकोे एक थान झोला फेला पारेको थियो । यसैगरी झौलाभित्र रहेको चार डिब्बा गन पाउडर, पानीले भिजेर डल्लो परेको चार बट्टा सलाई, फलामको हँसिया, खुकुरी र स्टिलको थाली एकएक थान, फलामका स–साना टुक्रा र नेपाली सेनाले प्रयोग गर्ने कलरको एक थान कम्ब्याट जाकेट बरामद गरी पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब पाँच महिना हराएका शिवरामको सनाखतपश्चात् कर्तव्य ज्यान मुद्दा लगाइएका दुवै अभियुक्तको वास्तविक अनुसन्धान थालिएको र यथार्थ रिपोर्टका लागि मृतकको कङ्कालको डिएनए परीक्षण गरिने प्रहरी कार्यालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com