पर्यटन: अर्बौको लगानी सङ्कटमा


प्रकाशित मिति : असार २८, २०७७ आईतबार

कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ । पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा परेका छन् ।बन्दाबन्दी खुल्ने र पर्यटक आउने यकिन नभएपछि भाडा मात्र तिरेर बस्न सक्ने अवस्थामा पनि नरहेका पर्यटन व्यवसायी व्यवसाय छाड्न थालेका छन् । पोखराको लेकसाइडमा होटल व्यवसाय गर्दै आएका ७० जना व्यवसायी पर्यटन क्षेत्रबाट विस्थापित भइसकेका छन् भने करिब एक सयको हाराहारीमा होटल व्यवसायीले व्यवसाय बन्दको घोषणा गरेका छन् ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनका अनुसार पोखरामा मात्र बन्दाबन्दीका कारण ७० भन्दा बढी साना होटल व्यवसायीले व्यवसाय छाडिसकेका छन् । पोखरामा सानाठूला गरेर सात सय होटल छन् । २५० वटा होटल घरधनी आफैँले चलाएका छन् । जसमा एक खर्ब २५ अर्ब लगानी छ । पोखराका होटल व्यवसायमा पछिल्लो समयमा थुप्रै बैङ्कले पनि लगानी गरे । तुलाचनका अनुसार ७० देखि ८० अर्ब रुपियाँ बैङ्कको लगानी छ । लेक साइडमा ४० हजारदेखि मासिक १२ लाख रुपियाँसम्म भाडा तिर्ने होटल व्यवसायी छन् ।

समस्या समाधानका लागि दीर्घकालीन नीतिगत संरक्षण गर्न सरकारसँग माग गरेको अध्यक्ष तुलाचनले बताउनुभयो । विद्युत् छुट पनि उत्पादन क्षेत्रलाई मात्र दिइयो हामीलाई दिइएन, उहाँले भन्नुभयो । करिब चार महिनादेखि जारी बन्दाबन्दीका कारण भाडामा व्यवसाय सञ्चालन गरेका र बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरू बढी मारमा परेको तुलाचनले बताउनुभयो ।

पर्यटन क्षेत्रलाई माथि उकास्न र नेपाल आउने बाह्य पर्यटकको सङ्ख्या बढाउने भन्दै सङ्घ र प्रदेश सरकारले घोषणा गरेका विभिन्न भ्रमण वर्षलाई लक्षित गर्दै व्यवसायीले लगानी थप गरेका थिए । भविष्य देखेर धेरै नयाँ व्यवसायी यस क्षेत्रमा प्रवेश गर्दै लगानी गरेका थिए ।
यता बैङ्कहरूले पनि लगानी गरेको रकम माग्न ताकेता गर्न सुरु गरेका छन् तर मेगा बैङ्कका गण्डकी प्रमुख कमल कँडेलले परिस्थिति बुझेर समस्यामा परेका व्यवसायीलाई सावाँ ब्याज बुझाउन खासै ताकेता नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले लगानी गरेकालाई ताकेता गरेका छैनौँ तर रकम बुझाउनेलाई २ प्रतिशत छुट दिएका छौँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

व्यवसाय ठप्प हुँदा घरभाडा र बैङ्कको किस्ता तिर्न नसकेपछि पलायन हुने व्यवसायीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । भाडामा व्यवसाय गरेका व्यवसायीले घरधनीलाई लाखौँ रुपियाँ पेस्कीसमेत दिएका छन् ।
पोखराको पर्यटन क्षेत्रमा करिब २० हजारको हाराहारीमा प्रत्यक्ष र करिब पाँच हजारले अप्रत्यक्ष रोजगारी पाएको बताइएको छ । पर्यटन क्षेत्र र व्यवसाय ठप्प हँुदा उनीहरूमध्ये लगभग सबैको रोजगारी गुमेको छ । लेकसाइडको गौरीघाटस्थित प्यासिफिक गेस्ट हाउसका सञ्चालक रामप्रसाद भट्टराईले होटल व्यवसाय छाडेर आफ्ना सामान नजिकैको होटलमा दुई कोठामा सार्नुभयो ।

उहाँले होटल भएको घर मर्मत सम्भार गरिदिएर घरधनीलाई तालाचाबी बुझाइसकेको बताउनुभयो । मासिक भाडा एक लाख ४० हजार रुपियाँ तिर्नुपर्छ, कमाइ नभएपछि भाडा तिर्न नसकेर बाध्यताले होटल छोड्नु प-यो, रामप्रसादले भन्नुभयो । उहाँले होटल चलाउन सुरुमा सात लाख रुपियाँ लगानी गर्नुभएको थियो भने होटलको घरधनीलाई छुट्टै ४० लाख रुपियाँ पेस्की बुझाउनुभएको थियो । घरबेटीले फिर्ता गरिदिनुपर्ने एडभान्स रकम एक वर्षपछि मात्र फिर्ता पाउनु हुनेछ ।

द प्यारामाउन्ट होटलका सञ्चालक मोतीराम पौडेलले पनि व्यवसाय बन्द गरी पोखरा–३१, वेगनास घरमा गई बसेको बत(ाउनुभयो । उहाँले भन्नुभयो, होटल घरबेटीसँग भाडा छुटमा कुरा मिलेन, उहाँले छुट दिने नदिने वा कति दिने केही नभनेपछि कमाइ भएन, भाडा तिर्न सकिएन । होटलमा ३० लाख रुपियाँ लगानी गरी मासिक ७८ हजार रुपियाँ भाडा तिर्दै आउनुभएका पौडेलले घरबेटीले भाडा छुटमा थोरै पनि सहमति नदेखाएपछि आफूले छोड्न बाध्य भएको जानकारी दिनुभयो ।गोरखापत्रबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com