अष्ट्रेलियाको चार्टर्ड उडानको जिम्मा सिंगापुर एयरलाइन्सलाई, खोसियो एनएसीको व्यापार


प्रकाशित मिति : असार २८, २०७७ आईतबार

अष्ट्रेलियाबाट नेपालीको उद्धार गर्दै आएको नेपाल वायुसेवा निगम ९एनएसी० को ‘व्यापार’ खोसिएको छ । अष्ट्रेलियास्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघले तेस्रो चार्टर्ड उडानको जिम्मा सिंगापुर एयरलाइन्सलाई दिएको हो । यसअघि दुई उडानमार्फत् निगमले ५३० जना नेपालीलाई नेपाल ल्याएकोे थियो ।

तेस्रो फ्लाइट भने सिंगापुर एयरलाइन्सको विमानमार्फत् मंगलबार हुनेछ । सो फ्लाइटमा १५३ जना नेपाल फर्किनेछन् । सो उडानका लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ । अष्ट्रेलियाबाट थप ६०० नेपालीहरु आउन चाहेकोमा नेपाल सरकारले स्वीकृति दिएसँगै उनीहरुलाई क्रमशः उद्धार गर्दै जाने अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।

कसरी खोसियो निगमको व्यापार ?

पहिलो र दोस्रो लटमा नेपाल वायुसेवा निगमले प्रतिव्यक्ति अमेरिकी डलर १६१५ को दरले नेपालीलाई नेपाल ल्याएको थियो । तर, सिंगापुर एयरलाइन्सले अमेरिकी डलर ११५१ मै नेपालीलाई ल्याउन प्रस्ताव गरेपछि नेपाल एयरलाइन्सको व्यापार खोसिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अघिल्लो दररेटभन्दा करिब ३० प्रतिशत सस्तो पर्ने भएपछि विदेशी एयरलाइन्सलाई छनौट गरिएको दूतावासले जनाएको छ । नेपालमा नियमित उडान नभए पनि सिंगापुरले नेपालमा उडान भर्न लागेको हो ।

अष्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दाहाल८ले उडान भर्ने एयरलाइन्सबारे तय गर्न गठित समितिको सुझावका आधारमा विदेशी एयरलाइन्सलाई चार्टर्ड उडानको लागि छनौट गरिएको बताए ।

‘कुन उडानबाट नेपालीलाई उद्दार गर्ने भन्ने सम्बन्धमा छुट्टै समिति नै बनेको थियो । त्यो समितिमा दूतावास, गैरआवासीय नेपाली संघ, पत्रकार महासंघ लगायतका संस्थाको प्रतिनिधित्व थियो । त्यो समितिले सबैभन्दा सस्तो भाडादर भनेपछि विदेशी एयरलाइन्सलाई जिम्मा दिने निर्णय गरिएको हो’ राजदूत दाहालले भने ।  उनले सिंगापुर नभइ सिल्क एयरलाइन्सलाई चार्टर उडानको जिम्मा दिइएको पनि दावी गरे ।  गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले पनि एयरलाइन्स परिवर्तनको कारण अरु केही नभएर भाडादर नै भएको बताए ।

‘कहाँको सोह्र सय पन्ध्र डलर, कहाँको एघार सय ५१ रु धेरै नै सस्तो भएकोले मात्रै हामीले यसलाई रोजेका हौं । नत्र हामी पनि नेपालीको उद्दार नेपाल एयरलाइन्सकै विमानले गरोेस् भन्ने चाहन्थ्यौं’ कँडेलले भने । उनका अनुसार सिंगापुर एयरलाइन्सले अष्ट्रेलियामा व्यवसायिक उडान समेत थालेकोले सस्तोमा उडान गर्न सम्भव भएको बताए ।

तर, सरोकारवालाहरुले भने राष्ट्रिय ध्वजावाहक एयरलाइन्सलाई छाडेर प्रतिस्पर्धाको नाममा उद्धारजस्तो काम समेत अरु एयरलाइन्सलाई दिएकोमा असन्तुष्टि पोखेका छन् । त्यसमाथि नेपालमा नियमित उडान अनुमति नै नपाएको सिंगापुर एयरलाइन्सलाई चार्टर्ड उडानको जिम्मा दिनुमा अनियमितताको शंका समेत गरेका छन् । यद्यपि यो भाडादर पनि सामान्य अवस्थाको एकतर्फी उडानको भाडादर भन्दा करिब दोब्बर हो ।

के भन्छ एनएसी ?

नेपाल वायुसेवा निगमले भने यसबारे आधिकारिक रुपमा केही जानकारी नभएको जनाएको छ । निगमकी प्रवक्ता अर्चना खड्काले तेस्रो उडानका लागि पनि गैर आवासीय नेपाली संघले कुराकानी गरेको भए पनि पछि सम्पर्कमा नआएको बताइन् ।
‘उहाँहरु हामीसँग एक चरण कुरा गर्न आउनुभएको थियो, त्यसपछि आउनुभएन । २÷३ ठाउँमा कुरा गर्नुभएको पनि हुनसक्छ । अहिले सिंगापुर एयरलाइन्सलाई जिम्मा दिइयो रे भन्ने मैले पनि सुनेको छु’ प्रवक्ता खड्काले भनिन् ।

कोभिड–१९ को संक्रमणपछि करिब १४ सय नेपालीले अष्ट्रेलियाबाट नेपाल फर्किन चाहेको भन्दै दूतावासलाई उद्धारका लागि अनुरोध गरेका थिए । सोमध्ये हालसम्म ५३० जना नेपाल आइसकेका छन् । मंगलबार थप १५३ जना नेपाल आउनेछन् । बाँकीमध्ये करिब ४०० जनाले अग्रिम भुक्तानी गरेर नेपाल आउने बाटो कुरेर बसेका छन् । उनीहरुलाई पनि नेपाल सरकारसँग स्वीकृति लिएर विस्तारै उद्धार गर्दै जाने तयारी रहेको अध्यक्ष कँडेलले बताए ।

‘हामीले १४ तारिखको उडान स्वीकृति पाइसकेका छौं । २१ तारिखमा अर्को उडानका लागि पनि स्वीकृति मागेका छौं । तर, नेपाल सरकारले उडान स्वीकृति नदिई आफूहरुले तयारी गरेर मात्रै केही हुँदैन । नेपालमा क्वारेन्टिन लगायतको व्यवस्थापन भएपछि मात्रै सरकारले अनुमति दिन्छ’ कँडेलले भने, ‘हामी जतिसक्दो चाँडो सबैलाई नेपाल फर्काउने प्रायास गरिरहेका छौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com