बाढीपहिरोबाट मृत्यु हुनेको परिवारलाई वाग्मती प्रदेशले एक लाख दिने


प्रकाशित मिति : असार २८, २०७७ आईतबार

हेटौँडा । वाग्मती प्रदेशले वाग्मती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिराका कारण मृत्यु भएका २५ परिवारलाई रु एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराइने निर्णय गरेको छ ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले बाढीपहिरोबाट घाइते भएका व्यक्तिलाई तत्काल उद्धार गरिने, जोखिममा रहेका परिवारलाई अन्यत्र बसोबासका लागि सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याइने तथा प्रदेश सरकारका तर्फबाट आवश्यक स्रोतसाधन उपलब्ध गराइने पनि निर्णय गरेका मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार आगामी साउन २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशमा आर्थिक कार्यविधि ऐनको प्रथम संशोधन २०७७ को मस्यौदा र वातावरण संरक्षण गर्न बनेको अध्यादेश २०७७ पेश गरिने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com