भुल सुधार र  मानवीय व्यवहार 


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

भारतीय कथाकार आलोक कुमार सातपुतेले हिन्दी, उर्दु र मराठी भाषामा थुप्रै लघु कथा लेखेका छन् । उनका हिन्दीमा ५, उर्दुमा १ र मराठीमा १ गरी सात पुस्तक प्रकाशित भएका छन् । भारत र पाकिस्तानका विभिन्न प्रगतिशील पत्रिका र म्यागजिनमा आलोकका लघु कथा प्रकाशित भएका छन् । भारतका प्रतिष्ठित प्रगतिशील साहित्य पत्रिका हंस, कथादेश, नयाँ ज्ञानोदय, वर्तमान साहित्य तथा पाकिस्तानको डन–उर्दु, लालटेन, मुकाल्मा, हमसब, संगतलगायत पत्रिकामा आलोकका कथा प्रकाशित भएका छन् । त्यस्तै, आलोकका कथा नेपाली र बंगालीमा पनि अनुवाद भएका छन् । चितवनका एकदेव अधिकारीले आलोकका कथालाई नेपाली भाषामा अनुवाद गरेका छन् । प्रस्तुत छ, एकदेव अधिकारीले नै अनुवाद गरेका आलोकका केही लघु कथा ।

भुल सुधार

एक व्यक्तिले ईश्वरको तपस्या गर्दा गर्दै आफ्नो जीवनको यौवनकाल पुरा व्यतीत गऱ्यो। प्रौढावस्था पार गर्दै जब ऊ बृद्धावस्थामा पुग्यो अनि बल्ल ईश्वर ऊसँग प्रसन्न हुनुभयो, अनि उसलाई दर्शन दिँदै सोध्नु भयो – “वत्स भन तिमीलाई के वरदान दिउँ?”

“प्रभु मेरो मनमा एक नारी देहको कामना मात्र शेष रह्यो अब त…” उसले विनीत भावमा भन्यो।

“अरे मूर्ख! नारी देह त तैलेँ सांसारिक बनेर पनि पाउन सक्थिस्। तैँले यसको लागि तपस्यामा लीन भएर आफ्नो जीवन निरर्थक बनाइस्।” ईश्वरले उसलाई गाली गर्ने अन्दाजमा भन्नु भयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“प्रभु मेरो तपको उद्देश्य त केही अरू नै थियो, तर मलाई आफ्नो यो भुलको महसुस भयो कि सांसारिक जीवनबाट पलायन गरेर केही पनि पाउन सकिन्न। त्यसैले प्रभु म आफ्नो भुल सुधार गरेर आफ्नो बचेको जीवन सार्थक बनाउन चाहन्छु।”

 

 मानवीय व्यवहार

कुकुरहरूको त्यो अदालतमा एक कुकुरमाथि सुनुवाई हुँदै थियो। उसमाथि यो आरोप थियो कि उसले आफ्नै मालिकलाई टोकेको थियो।
न्यायाधिश महोदयको प्रश्नमा उसले आफ्नै मालिकलाई टोक्न पर्नुको कारण बताउन थाल्यो – “श्रीमान् मैले टेलिभिजनको समाचारमा देखेँ कि ⷣताईवान, सिंगापुर जस्ता केही देशहरूमा मानिसहरू कुकुरको मासु बडो आनन्दले खाने गर्छन्। यो देखेपछि मेरो दिमाग खराब भयो, अनि बिरोध प्रदर्शन गर्नाका लागि आफ्नै मालिकलाई टोकिदिएँ श्रीमान्।”

“तैँले बिरोध प्रदर्शन गर्ने नाममा बदला लिने कार्यवाही गरिस्। अनि यसरी तैँले मानवीय व्यवहार प्रदर्शन गरिस्, जुन अपराध अक्षम्य छ त्यसैले…”
“…माफ गर्नुहोला श्रीमान् मानवीय गुण त म होइन हजुरले देखाईरहनु भएको छ। जो यस्तो सब भैसक्दा पनि मलाई विश्वसनीयताको पाठ पढाउँदै हुनुहुन्छ।” कुकुरले न्यायाधीश महोदय बोल्दा बोल्दै बीचमै रोकेर आफ्नो कुरा राख्यो।

“चुप लाग! न्यायालयको अवहेलना गर्न पाइँदैन। अब मेरो निसाफ सुन्! – “तैँले आफ्नै मालिकलाई सम्पूर्ण कुकुर जातिलाई बदनाम गरिस, अनि साथै न्यायालयको पनि अवहेलना गरिस्, त्यसैले अब तँलाई मृत्युदण्डको सजाय दिइनेछ।” न्यायाधिश महोदयले आफ्नो फैसला सुनाउँदै भन्नुभयो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com