रुपन्देहीमा साढे २२ किलो लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पुर्व सिस्ने गाउँपालिका ८ घर भई हाल बुटवल १२ हरियाली टोल बस्ने ३४ वर्षीय रतिभान दमाई र गुल्मी मदाने गाउँपालिका ७ घर भएका २९ वर्षीय मेघराज गिरी रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका १२ हरिया टोलस्थित धनबहादुर दमाईको टिनले छाएको खाली घरमा लुकिछिपि बसेको अवस्थामा उनीहरुबाट साढे २२ किलो चरेस सहित पक्राउ गरेको प्रहरी प्रवक्ता तथा सुचना अधिकारी खडकबहादुर खत्रीले जानकारी दिए । उनीहरु माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।