फिप्नाबाट नेपालमा राहत वितरण सुरु, शनिबार काठमाडौंमा ३ सयलाई खाना, २० परिवारलाई त्रिपाल


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका फिप्नाको आर्थिक सहयोगमा काठमाडौं उपत्यकामा अनाथ, असाहाय तथा बेघर भएका बालबालिका, बृद्ध बुबाआमा, बटुवा तथा विपत्तिमा परेकाहरूलाई राहत वितरण गरिएको छ । महासंघको संघीय परिषद् सचिवालय, काठमाडौं नेपालको समन्वयमा इन्दिरा राना मगरको बन्दि सहयाता नेपालको आयोजना तथा व्यवस्थापनमा राहत वितरण गरिएको हो ।

कार्यक्रमको दोश्रो चरणमा सोह्रखुट्टे, लैनचौर, रत्नपार्क, ठहिटी र ठमेलमा खाना वितरण गरिएको थियो । असार २१ बाट सुचारु भएको खानावितरण कार्यक्रम ३१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । यसका साथै उपत्यकाबाहिर पनि राहतका कार्यक्रमहरू रहेका छन् ।

उपत्यकामा शनिबार रत्नपार्क , सोह्रखुट्टे , असन क्षेत्रमा ३०० जनालाई खाना वितरण गरिएको थियो भने घरविहिन २० परिवारलाई त्रिपाल वितरण थियो । उक्त कार्यमा स्वयंसेवकहरू ईन्दिरा रानामगर , सुवि राई , सम्पदा योङ्या,अनन्त राई, मन्जु राई, विमला गुरूङ, सेन्मी राई, राजेश लिम्बु, जयकुमार राई, सुक्र लिम्बु र रूपेश लामा खटेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खाना पकाउने कार्यमा अनन्त राईको संचालनमा निलोपुल कपनमा रहेको होटल चप्लेटीले सहयोग गरेको थियो ।

असार २१ गते देखी २९ गते सम्म नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका फिप्नाको सहयोगमा काठमाण्डौ उपत्यकाभित्रका विभिन्न अनाथालयहरू , बृद्वाहरू , सडक वालवालिकाहरू , असाहाय वालवालिकाहरू , घरबार विहिनहरू , बटुवाहरू र मजदुरहरू लाई लक्ष्यीत गरी पहिलो चरणमा कम्तिमा दश दिन लगातार विभिन्न ठाउहरूमा खाना वितरण गर्ने सुरु गरिएको हो ।

पशुपती क्षेत्र , रत्नपार्क , नयाँ वसपार्क , हनुमानढोका परिसर तथा विभिन्न बुद्धाश्रम तथा अनाथालयहरूमा खाना वितरण गरीने छ । एक पटकमा ३०० जनालाई पकाएको स्वास्थ्य खाना वितरण गरिने छ । साथै उपत्यकामा रहेका कम्तीमा बिस समूह घरबिहिनहरूलाई त्रिपाल समेत बितरण गरिने छ ।

त्यस्तै उपत्यका भन्दा बाहिरको जिल्लाहरूमा दलित तथा सिल्पी समुदाय , सिमान्तकृत समुदाय , अति विपन्न समुदाय र सुकुम्बासी क्षेत्रहरूमा राहत वितरण गरीने जनाइएको छ । पहिलो चरण असार २२ गते सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर १ को मुसहर समुदायलाई , असार २५ गते दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नंम्बर ५ मा राउटे समुदायलाई , असार २६ गते धनकुटा जिल्लाको तमोर कोरीडोरको लेउती बगर क्षेत्रका मजदुरहरूलाई खाद्यान्न सामाग्री वितरण गरिदैछ ।

साथै तमोर कोरीडोरका माँझी समुदाय तथा मकवानपुरका चेपाङ समुदायलाई प्रथम चरण अन्तर्गत राहत वितरण गरीने छ । खाद्यान्न सामग्रीहरूमा प्रत्येक परिवारलाई चामल २५ केजी, दाल २ केजी, नुन १ पोका र तेल १ लिटर का दरले वितरण गर्नुका साथै राउटे समुदायलाई प्रति परिवार १र१ प्रतिको दरले टेन्ट समेत वितरण गरीने कार्यक्रम रहेको छ।

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का अध्यक्ष जगत बरामले जनस्तरबाट यस्ता राहत कार्यक्रम भइरहेको तर सरकारलाई खोज्नुपर्ने बताए । लामो समयको लकडाउनका कारण जनता पिल्सिरहेको बेला सरकार आफ्नै खिचातानी रहनु चिन्ताजनक रहेको अध्यक्ष बरामले थप बताए ।

‘नेपालमा मात्र होइन, अमेरिकामा पनि राहत आवश्यक पर्छ र फिप्नाले अमेरिकामा राहत वितरण कार्यक्रम सम्पन्न गरिसके पछि मात्र नेपाल आइपुगेका हौं’ भनेर फिप्नाका सल्लाहकार तेन्जिङ उक्यावले भन्नुभयो । अमेरिकामा पनि सेनिटाइजर, ग्लोबलगायतका सामाग्रीहरू स्थानीय, नेपाली तथा गैरनेपालीमाझ वितरण गरेको उक्यावको भनाई थियो ।

त्यसैगरी ग्रीन इन्टरनेश्नल क्लवका केन्द्रीय अध्यक्ष सुलोचना गुरुङले आफ्नो संस्थाले पनि यसरी नै राहत वितरण गरेको बताउनुभयो । यस वितरण कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष सुवि राई, केन्द्रीय सचिव सम्पदा योङ्या केन्द्रीय सदस्य उमेश राई प्रत्यक्ष रुपमा स्वयंसेवकको रुपमा सहभागी थिए ।

पिए नेपालकी सञ्चालिका इन्दिरा राना मगरले आफू न्यूयोर्क पुगेको बेला सामान्य चिनजान भएको व्यक्तिको नोटिसले यतिको राहत आइपुगेको बताइन् । सहयोगी हातहरूले गर्दा यस्तो विपत्तिमा परेकाहरूलाई खाना खुवाउन सकेको जानकारी दिइन् ।

अहिले केही खुकुलो भएको लकडाउन समृद्धवर्गको मात्रै भएको, गरिब तथा असाहायको लागि नभएको इन्दिराको गुनासो थियो । निजि सवारी साधन चल्ने तर भाडाका ट्याक्सी, सार्वजानिक यातायातका साधन चल्न नदिने जस्ता कुराहरू सभ्रान्त वर्गमा लक्षित जस्तो देखिने उनको ठम्याई थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com