वन बन्दै बगर


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

डिभिजन वन कार्यालय दाङले बगरलाई वन बनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । अघिल्लो वर्ष करिब ५० हेक्टर बगरलाई वन बनाएको कार्यालय यस वर्ष पनि करिब ४० हेक्टर बगर क्षेत्रलाई सामुदायिक वनमा परिणत गरेको छ ।

जिल्लाको विभिन्न गाउँ हुदैँ बग्ने बबई, हापुर, सिस्ने, कटुवा र सेवारखोलाले छोडेको बगरमा वृक्षरोपणसँगै सामुदायिक वन घोषणा गरिएको छ भने गाउँमै पुगेर स्थानीयवासीलाई बिरुवा र सामुदायिक वनको विधान हस्तान्तरण गर्न थालेको छ । बगरलाई वन बनाउने अभियान लकडाउनको समयमा पनि निरन्तर जारी रहेको र सामाजिक दूरी कायम राख्दै निरन्तर वृक्षरोपण कार्य चलेको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो । अघिल्लो वर्ष र यस वर्ष पनि बगर क्षेत्रमा सिसौ, सिमल, खयर, अमला जामुनलगायतका प्रजातिका बिरुवा लगाइएको उहाँले बताउनुभयो ।

बबई नदी तथा अन्य नदीले कटान गरेर छाडेको बगर क्षेत्रलाई वृक्षरोपण गरी हरियाली बनाउने योजनाअनुसार आफूहरुले काम गरेको डिभिजन वन अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । “गत वर्ष बगरलाई वन बनाउने अभियानअन्तर्गत वृक्षरोपण गरिएको करिब ४० हेक्टर क्षेत्रफलमा लगाइएको बिरुवा हुर्कँदै गएपछि हामीहरु उत्साहित भएका छौँ”, उहाँले भन्नुभयो, “अघिल्लो वर्षभन्दा यो वर्ष हामीले झन् धेरै स्थानमा बिरुवा रोपेका छौँ ।” बगरलाई वन बनाउने अभियानलाई प्रभावकारी बनाउन काष्ठ प्रजातिका बिरुवा लैजाँदा वन समूहलाई प्रोत्साहानस्वरुप २० प्रतिशत फलफूलका बिरुवासमेत निःशुल्क वितरण गरिएको छ । पहाडी क्षेत्रमा जडीबुटी र तराई क्षेत्रमा फलफूलका बिरुवा अन्य बिरुवासँगै रोपेका उपभोक्ताले छिट्टै उत्पादन लिनसक्ने भएकाले यस वर्ष ५० हेक्टर बगरमा दुई लाख ५० हजारभन्दा बढी काष्ठ तथा फलफूल बिरुवा रोपन अभियान सञ्चालन गरिएको प्रमुख ज्ञवालीले बताउनुभयो ।

यस वर्ष वन क्षेत्रबाहेकका ऐलानी तथा पर्ती जग्गामा समेत वृक्षरोपणका कार्यक्रम सञ्चालनका लागि उपभोक्ताबाट माग आएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीका अनुसार अहिले वन कार्यालयबाट काष्ठ प्रजाति एवं फलफूलका बिरुवा वितरण भइरहेको छ । फलफूलका बिरुवाहरुमा विभिन्न प्रजातिका आँप, सुनकागती, बाह्रमो कागती, रुख कटहर, लिची, अनार, नास्पती, किवी, ङ«यागन फ्रुट, जुनार, सुन्तला, वयर रहेका छन् । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com