क्वारेन्टिनमा नै छैन झुल र बत्ती


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

साँखु शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा रहेको क्वारेन्टिनलाई व्यवस्थित बनाउन माग गरिएको छ । त्यहाँ तीन दिनदेखि बिजुली बत्ती छैन । झुल नहुँदा सुत्न निकै समस्या भएको क्वारेन्टिनमा रहँनुभएका रमेश अधिकारीले जानकारी दिनुभयो ।

विदेशबाट आएका पाँचसहित काठमाडौँ उपत्यका बाहिरबाट आएका पाँच जना गरी १० जना सो क्वारेन्टिनमा रहँदै आएका छन् । उनीहरुले अहिलेसम्म स्वास्थ्यकर्मी जाँच गर्नसमेत नआएको जनाउँदै पिसिआर परीक्षण गर्न माग गरेका छन् । उनीहरुले विदेशबाट आएको दुई साता हुनलाग्दा समेत स्वास्थ्य परीक्षण नभएको र विनापरीक्षण घर पठाउन लागिएको गुनासो गरेका छन् ।

बत्ती नहुँदा सम्र्पकविहीन हुनुपरेको समस्या त छँदैछ, विनापरीक्षण घर पठाउन लागिएकामा उनीहरु थप चिन्तित छन् । उनीहरुले आफ्नै खर्चमा परीक्षण गराउने व्यवस्था मिलाइदिन नगरपालिकासंँग आग्रहसमेत गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com