‘साइबर हमलाको कडा असर’


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस रोग (कोभिड–१९) को समस्यालाई अनलाइन स्रोत समेतको प्रयोग गरी रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार सक्रिय रहेको बताउनुभएको छ ।

एस्टोनिया र सिङ्गापुरद्वारा आयोजना गरिएको कोभिड–१९ मा डिजिटल माध्यमको उपयोगितासम्बन्धी मन्त्री स्तरीय भर्चुअल सम्मेलनलाई सम्बोधन गर्नुुहुुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई ज्ञानमा आधारित समाजमा रूपान्तरण गर्ने कार्य भइरहेको बताउनुभयो ।

कम विकसित देशले गलत सूचना र साइबर हमलाको सबैभन्दा कडा असर भोग्नु परेको भन्दै उहाँले यी देशको क्षमता अभिवृद्धि गर्र्नुपर्नेमा जोड दिनुभयो । सुरक्षित, दिगो र न्यायसङ्गत डिजिटल पहुँच सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

विद्युतीय सुशासन र साइबर सुरक्षा ग्रुप अफ फ्रेन्ड्सका सहअध्यक्षका रूपमा मन्त्री ज्ञवालीले सम्बोधन गर्नुभएको थियो । यस सम्मेलनले देश कसरी नवीन र डिजिटल माध्यमकोे प्रयोग गरेर कोभिड–१९ सङ्कटको सामना गर्न अझ सक्षम र सुसज्जित हुनसक्छ भन्ने विषयमा जोड दिइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्मेलनमा ६० भन्दा बढी देशको सहभागिता थियो । ‘क्लोज्ड द डिटिल डिभाइड : द डिजिटल रेस्पोन्स टु कोभिड–१९’ अवधारणामा भएको सम्मेलनका सहभागी राष्ट्रका मन्त्रीले आफ्ना राष्ट्रिय अनुभव साटासाट गर्ने जनाएका छन् । साथै समावेशी डिजिटल रूपान्तरण, क्षमता निर्माण र कनेक्टिभिटीको विस्तारका लागि सहकार्य गर्न वचनबद्धता व्यक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनले विश्वव्यापी घोषणापत्र समेत सार्वजनिक गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com