देशभर ३८ प्रतिशत रोपाई सम्पन्न


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

गत वर्षको तुलनामा यस वर्ष समयमा नै मनसुन सक्रिय हँुदा ३८ प्रतिशत क्षेत्रफमा रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यही असार १५ गतेसम्म ती क्षेत्रफलमा रोपाइँ सकिएको जनाएको छ । कूल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख छ हजार ६६२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष समयमा नै मनसुन सक्रिय हुँदा सबै क्षेत्रमा रोपाइँ जारी रहेको बताउनुभयो । गत वर्ष असार १५ गतेसम्म देशभर १४ दशमलव ७५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४९ दशमलव ५४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । गत वर्षको सोही अवधिमा सुदूरपश्चिम प्रदेशमा २५ दशमलव २२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो ।

कर्णाली प्रदेशमा ४९ दशमलव १५, प्रदेश नं ५ मा ४५ दशमलव ९९, प्रदेश नं ३ मा ३६ दशमलव २२, गण्डकी प्रदेशमा ३५ दशमलव ६६, प्रदेश नं २ मा २९ दशमलव ०२ र प्रदेश नं १ मा २१ दशमलव ८० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । यसैगरी उच्च पहाडमा ४० दशमलव ७२, मध्यपहाडमा ३७ दशमलव ९५ र तराईको ३४ दशमलव ३४ प्रतिशत गरी ३५ दशमलव ४७ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष उच्च पहाडमा २९ दशमलव ९६, मध्य पहाडमा २३ दशमलव ०७ र तराईमा ११ दशमलव ०७ गरी १४ दशमलव ७४ प्रतिशत क्षेत्रमा रोपाइँ गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com