संसद् अधिवेशन अन्त्य – के के भयो राष्ट्रियसभामा ?


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले आज अपराह्न ५ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीबाट प्राप्त चालु संसद्को अधिवेशनको अन्त्यसम्बन्धी पत्र पढेर सुनाएका थिए । अध्यक्ष तिमिल्सिनाले पत्रमा उल्लेख भएअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज अपराह्न ५ बजेदेखि अन्त्य भएको सभासमक्ष जानकारी गराएका थिए ।

संसद्को छैटौँ अधिवेशन अवधिमा राष्ट्रियसभाबाट सम्पादन गरिएका मुख्यमुख्य काम कारवाहीको बारेमा सङ्क्षिप्त विवरण सभासमक्ष जानकारी गराउँदै अध्यक्ष तिमिल्सिनाले २०७७ साल वैशाख २६ देखि असार १८ सम्मको ३१ दिनमा ३५ बैठक बसेको र ६० घण्टा ५० मिनेट सभा सञ्चालन भएको जानकारी दिए । यसबीच विभिन्न विधेयक पारित भएका छन् । प्रतिनिधिसभाबाट सन्देशसहित यस सभाबाट पारित गरी केही विधेयक फिर्ता भएका छन् भने केही विधेयक विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाइएको छ ।

पारित विधेयक
उक्त अवधिमा राष्ट्रिय खेलकुद विधेयक २०७५, नेपाल विशेष सेवा विधेयक २०७६, नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६, विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक २०७५, बीउविजन (दोस्रो संशोधन) विधेयक २०७५, नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७, विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७ सभाबाट पारित भएको छ ।

त्यसैगरी राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत (चौबिसौँ संशोधन) विधेयक २०७७, र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ लाई राष्ट्रिय सभाबाट पारित गरिएको बताए । सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७७ र नागरिक लगानी कोष (दोस्रो संशोधन)विधेयक २०७६ सहित १३ वटा विधेयक राष्ट्रियसभाबाट पारित गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फिर्ता विधेयक

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित यस सभाबाट पारित गरी केही विधेयक फिर्ता गरेको छ । जसअनुसार नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७, विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत (चौबिसौँ संसोधन) विधेयक २०७७, केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक २०७७ रहेको छ ।

दफावार छलफलमा पठाइएको विधेयक
सभामा दर्ता भएका अन्य केही विधेयकहरु सैद्धान्तिक छलफल गरी दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको समेत उनले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले नागरिक उड्ययन प्राधिकरण विधेयक २०७६, नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६, अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, तथ्याङ्क विधेयक २०७६, स्टान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६, प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको बताए ।

यसै अधिवेशनको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७७÷७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालको जवाफ दिएका थिए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई पटक र गृहमन्त्री रामबहादुर थापाले समसामयिक विषयमा सभालाई सम्बोधन गरेको उनले जानकारी दिए । सभामा राष्ट्रिय सुरक्षा परिषद् र महान्यायाधिवक्ता कार्यालयबाट वार्षिक प्रतिवेदन सभासमक्ष पेश भएको थियो । यसै अवधिमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय महत्वको दस्तावेज अभिलेख व्यवस्थापनसम्बन्धी प्रतिवेदन सभासमक्ष पेश गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

यसै अधिवेशनमा संविधानसभा एवं प्रतिनिधिसभाका सदस्य ज्ञानकुमारी छन्त्याल, संविधानसभाका सदस्य प्रा डा विश्वनाथप्रसाद अग्रवाल, शिवनारायण गुरौ, मेघराज सहनी र प्रतिनिधिसभाका पूर्वसदस्य दुर्योधन सिंह चौधरीको निधनमा सभामा शोक प्रस्ताव पारित भएको थियो ।

विपद् रोक्ने कार्यमा जुटन आग्रह
अध्यक्ष तिमिल्सिनाले विश्व नै कोभिड–१९ बाट आक्रान्त भएको र वर्षाका कारण बाढी पहिरो तथा डुबानबाट जनधनको क्षति हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । सभाका सदस्यहरुलाई विपद् व्यवस्थापन, नियन्त्रण, न्यूनीकरण, उद्धार तथा राहतमा लाग्नसमेत उनले आग्रह गरे । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com