नेपालका २६ जिल्लामा पुग्यो सलह, सबैभन्दा धेरै कहाँ गर्‍यो क्षति


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

भारत हुँदै नेपाल छिरेको सलह २६ जिल्लामा पुगेको छ । शनिवार भारतको विहार हुँदै बारा, पर्सा र आइतवार कपिलवस्तुबाट नेपाल छिरेका सलह मंगलबारसम्म २६ जिल्लामा फैलिएको हो ।

प्लाण्ट क्क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार असार १३ गते सलह बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, रुपन्देही, कपिवस्तु, पाल्पामा फैलिएका थियो भने १४ गते महोत्तरी, स्याङ्जा, दाङ, कपिलवस्तु, कास्की, पाँचथर, उदयपुर खोटाङमा फैलिएको थियो ।

त्यस्तै असार १५ गते चितवन, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, प्युठान, गुल्मी र कैलालीसम्म फैलिएको छ । बारा र पर्सामा करिब दुई तीन हजारको संख्यामा देखिएको सलह मकवानपुरसम्म पुग्दा अनुमानित १० लाख देखिएको केन्द्रले जनाएको छ ।

त्यही सिन्धुलीमा पाँचदेखि सातलाखको हाराहारीमा देखिएको थियो भने कपिलवस्तुमा करिब सात हजारको संख्यामा देखिएको थियो । सोही दिन पाल्पामा देखिएको सलह करिब चारदेखि पाँचलाखको संख्यामा रहेको केन्द्रले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसको भोलिपल्ट अर्थात असार १४ गते स्याङ्जामा करिब ५० हजारको संख्यामा देखिएको थियो । दाङमा करिब चार हजारको संख्यामा देखिएको थियो तर त्यही दिन विहान कपिलवस्तुमा आठदेखि १० लाखाको सँख्यामा देखिएको भन्दै केन्द्रले त्यही दिन कास्कीका एक दुईलाखको हाराहारीमा देखिएको जनाएको छ ।

पाँचथर, उदयपुर र खाटाङमा एकदम न्युन संख्यामा देखिएको थियो । असार १५ गते चितवनमा पनि देखिएको थियो । प्युठान, गुल्मी, कैलाली रामेछाप, काभ्रे र काठमाडौ उपत्यकाका पनि छिटपुट देखिएको थियो ।

अहिलेसम्मको तथ्यांक अनुसार हालसम्म सबैभन्दा बढी क्षति मकवानपुरमा देखिएको छ । त्यहाँ एकहजार रोपनीमा लगाइएको मकैमा क्षति पुर्याएको छ भने अन्य ठाउँमा थोरै मात्रामा क्षति पुर्याएको केन्द्रका प्रमुख सहदेव हुमागाइँले बताए ।

प्लाण्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका रामकृष्ण सुवेदीले भैरहवामा देखिएको सलह दाङ, प्युठान, अर्घाखाँचीतिर सरिरहेको जानकारी गराए । प्युठान र दाङको विभिन्न ठाउँमा आकाशमा सहल उडिरहेको देखिएको सूचना आएको बताउँदै उनले लमहीको वडा नम्बर ८ मा राप्ती किनारतिरको बारीमा रहेको बारीमा केही क्षति गरेको सूचना आएको बताए । तर कति क्षति गरेको त्यसको तथ्यांक नआएको उनको भनाइ छ ।

सलह धपाउन किसान नै सबभन्दा बढी सक्रिय भएको देखिन्छ । आआफ्नो बालीको रक्षा गर्दै त्यसलाई धपाइरहेका छन् । सरकारको तर्फबाट पनि सलह नियन्त्रणमा पहल भएपनि स्थिर भएर कहीँ नबसेको कारण नियन्त्रण गर्नका लागि विषादी लगायत अन्य उपकरण प्रयोग गर्न नसकिएको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com