भिक्टोरियामा एक महिने लकडाउन सुरु, नेपालीको घना बसोबास भएका सबअर्ब लकडाउनमा !


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लगातार चौथो दिन ठूलो मात्रामा कोभिड १९ का संक्रमित फेला परेपछि यहाँको सरकारले एक महिने सबअर्ब लकडाउन सुरु गरेको छ । यस लकडाउनमा अधिकांश नेपालीहरु बसोबास गर्ने सबअर्बहरु बन्द हुनेछन् । यी सबअर्बमा बसोबास गर्ने मानिसहरु अत्यावश्यक ४ कारणबाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।
यी सबअर्बहरुमा

3012 (Brooklyn, Kingville, Maidstone, Tottenham, West Footscray)

• 3021 (Alban Vale, Kealba, Kings Park, St Albans)

• 3032 (Ascot Vale, High Point City, Maribyrnong, Travancore)

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

• 3038 (Keilor Downs, Keilor Lodge, Taylors Lakes, Watergardens)

• 3042 (Airport West, Keilor Park, Niddrie)

• 3046 (Glenroy, Hadfield, Oak Park)

• 3047 (Broadmeadows, Dallas, Jacana)

• 3055 (Brunswick South, Brunswick West, Moonee Vale, Moreland West)

• 3060 (Fawkner)

• 3064 (Craigieburn, Donnybrook, Mickleham, Roxburgh Park and Kalkallo)

घर बाहिर निस्कन पाउने चार कारणहरुमा :
१. काममा जान वा स्कुल पढाई मा जान
२. केयर वा केयर गिभिंग
३. दैनिक एक्सरसाईज
४. खाना लगायत अन्य आवश्यकीय किनमेल गर्न
यसरी लकाडाउन गरिएका क्षेत्रमा फकनर, क्रेगीबर्न, मिकलेम, रोक्सबर्गपार्क, कालकालो, मोरल्याण्ड, ब्रन्सविक, ग्लेनरोय, हेडफिल्ड, ओकपार्क, जकाना, किलोर पार्क, एस्कटभेल, सेन्ट अल्बान्स क्षेत्रहरु नेपालीको घना उपस्थिति भएका क्षेत्र हुन् ।

ग्लेनरोयलाई त मिनी नेपाल नै भन्ने गरिन्छ । यसअघि पूरै राज्यमा लकडाउन गरिएकोमा अब निश्चित क्षेत्र तोकेर लकडाउन गर्न लागिएको हो । यो लकडाउन बुधबार मध्यरात १२ बजेदेखि लागू हुनेछ । भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले निश्चित चार कारणहरु भएकाहरु घर बाहिर निस्कन पाउने तर सकेसम्म सबैजना घरमै बस्न आग्रह गरेका छन् । अत्यावश्यक नपरी यी क्षेत्रका बासिन्दा घर बाहिर ननिस्कनुहोस् । दैनिक व्यापाम भन्दै दिनभरि बाहिर घुम्नेहरु, अत्यावश्यक खरिद भन्दै जुत्ता किन्न जानेहरु पनि कारवाहीको घेरामा पर्ने उनले चेतावनी दिए । सँगै जोडिएका सबअर्बमा यो लकडाउन लागु नहुने र अर्कोमा लागू हुने भएका कारण तिनमा निगरानी गर्न निकै कठीन हुने ठानिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com