पत्रकारलाई कारवाही सिफारिसबारे खुलाई पठाउन काउन्सिलको पत्र


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

नेपाल पत्रकार महसङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटीरूपमा पत्रकारलाई कारवाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाई पठाउन अनुरोध गरेको छ । सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण दिने मौका नै नदिई एकपक्षीयरूपमा महासङ्घ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले आफूमाथि कारवाहीका लागि जारी गरेको पत्रप्रति दुःख व्यक्त गर्दै पत्रकार नवराज धानुकले दिएको निवेदनका आधारमा काउन्सिलले सो विषयमा खुलाई पठाउन आग्रह गरेको हो ।

पत्रकार धानुकले काउन्सिलमा प्रस्तुत गरेको उजुरी निवेदनमा भनिएको छ, “पत्रकारकै संस्था, पत्रकारकै हकहितका लागि आवाज उठाउन छोडी स्वतन्त्ररूपमा पत्रकारिता गर्दै आएको श्रमजीवी पत्रकारको जागिर जाँदासमेत कुनै समन्वय र छलफलबिना एकलौटीरूपमा कारवाहीका लागि गरिएको सिफारिसप्रति आवश्यक छानबिन गर्न अनुरोध गर्दछु ।” पत्रकार धानुकले आगामी दिनमा त्यस किसिमको गल्ती नदोहोयाउने र पत्रकारिताको उच्च सम्मान गर्ने प्रतिबद्धता गर्दै महासङ्घ कञ्चनपुरले खेलेको भूमिकाप्रति थप छानबिन गर्न र आफूलाई न्याय दिन अनुरोधसमेत गरेका छन् ।

काउन्सिलका उपप्रशासकीय अधिकृत तथा आचारसंहिता अनुगमन उपसमिति (विद्युतीय) का सचिव रामशरण बोहोराले सोमबार पठाएको पत्रमा “उक्त विषयमा के–कसो भएको हो ? खुलाई पठाउन अनुरोध गरिन्छ”, भनिएको छ । विगत लामो समयदेखि पत्रकारिताको आचारसंहिता र मापदण्डलाई उच्च सम्मान गर्दै विभिन्न क्षेत्रमा हुँदै आएको भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिका विषयमा बोल्दै आइरहेको बेला परिस्थितिअनुरुप हुन गएको गल्तीका बारेमा सार्वजनिकरूपमा माफी र क्षमायाचना माग्दामाग्दै पनि अतिरञ्जित गर्दै आफूविरुद्ध भएको षड्यन्त्रका कारण थप पीडित हुनुपरेको पत्रकार धानुकको भनाइ छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com