विज्ञ भन्छन्- ‘नेपाल आएका सलह तेस्रो, चौथो र पाँचौँ चरणका, धेरै समय बाँच्दैनन्’


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न वालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ । उनले भने, “त्यस्तो ठाउँ नेपालमा छैन । यस दृष्टिकोणले सो कीरा फैलिने सम्भावना कम रहेको छ । ”

वातावरणीय प्रभावका कारण थप अनौठो नभएमा सलह उपयुक्त प्रजनन् क्षेत्रतर्फ फर्किने अनुमान समेत गरिएको छ । उनले भने, “नेपालमा ती कीरा फट्याङग्रा भारतको राजस्थानबाट आएको हुन सक्छ । प्रजनन्का लागि यो पुनः त्यही फर्किने सम्भावना छ ।” अफ्रिकाबाट सात हजार किलोमिटर पार गरेर कीरा आएको जस्तो नदेखिएको र अहिले आएका ती कीरा भारतको सो क्षेत्रकै भएको विज्ञले औल्याएका छन् । अहिले नेपालमा आएका सलह तेस्रो, चौथो र पाँचौँ चरणका भएको उनको भनाइ छ । सलहको आयु छैटौँ चरणसम्म हुने र ६ हप्ताको रहने बताइएको छ । सरसरर्ती हेर्दा अहिले आएका सलहमध्ये पाँचौँ थप एक हप्ता, चौथो डेढ हप्ता र तेस्रो दुई हप्ता मात्रै रहने अनुमान छ ।

प्रजनन्का लागि वयस्क कीरा फर्किने अनुमान गरिएको छ । उनले धेरै आत्तिनुपर्ने अवस्था नरहेको तर पूर्वतयारी गर्नुपर्नेमा उनको जोड थियो । उनका अनुसार सलह साधारण फट्याङ्ग्रा प्रजातिको नै हो । यसको सिंग छोटो हुन्छ । यसको पछाडिको खुट्टा दह्रो र मोटो हुन्छ । यो कीरा समूहमा बस्न मन पराउँछ । उनले भने, “यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसको जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ । १० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ ।”

सलहका बच्चा १ देखि ३ महिनामा पूर्ण वयस्क हुने, वयस्क चारदेखि पाँच महिनासम्म बाँच्ने, वयस्क कीरा लामो समयसम्म हावामा उड्न सक्ने र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्ने उनको भनाइ छ । सलह कीरा एक ठाउँबाट अर्को ठाउँमा वा एक खेतबाट अर्को खेतमा गर्दै त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरियो वनस्पतिहरु छोटो समयमा नै सखाप पारी खाइदिन सक्षम जीवको रुपमा लिइन्छ । एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बनाएर सलह हिड्ने बताइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठनको तथ्याङ्कअनुसार साधारणतय सो कीराले प्रति दिन दुई ग्रामसम्म खान सक्छ र एक किलोमिटरको हुलमा हुने सलहको करिब चारदेखि आठ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ भनेर घोषणा गरेको छ । सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठानिएको छ । यिनिहरुको जनसङ्ख्या आठ हजार गुणासम्म बढेको बताइन्छ । विगतमा पनि यसरी सलहको बढोत्तरी हुने गरेको पाइएको छ । वातावरणमा भएको सुख्खापनले यिनीहरुको जनसङ्ख्या ह्वात्तै बढेको र यसको प्रकोप लामो समयसम्म रहने र बढोत्तरी छिटो छिटो भएको जनाइएको छ ।

कतिपय देशले सहल नियन्त्रण गर्न हेलिकप्टरको सहायताले विषादी प्रयोग गरेको बताइन्छ । हाल प्रयोगमा आएका विषादीमा मालाथिएन र फेनिट्रोथियन प्रमुख छन् । वातावरणीय एवं स्वास्थ्यको दृष्टिकोणले राम्रा छैनन् तापनि बालिनाली जोगाउन सलह नियन्त्रणका लागि विषादी नै उपयुक्त ठहरिएको उनी बताउँछन् । तर विषादी प्रयोग गरिसकेपछि ती खाद्यान्न बालीमा विषादीको पर्खनुपर्ने अवधिलाई मध्येनजर गरी वाली भित्राउनुपर्दछ । विषादी प्रयोग गर्दा सकेसम्म सुरक्षित, सागुरा–प्रकृतिका एवं सिफारिस मात्रामा छर्नुपर्दछ । उनले सुझाव दिए “विषादी छर्ने व्यक्तिले आफ्नो शरीरलाई पूर्णरुपमा ढाँकी मुखमा माक्स र चश्मा लगाएर मात्र छर्नुपर्दछ । घरायसी प्रयोगमा लगाइने बालीलाई जालीले एवं अलि ठूलो बारले ढाकेर राख्नुपर्दछ ।”

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकाल थन्काउन लायक वालीहरुलाई टिपेर वा काटेर तत्काल थन्क्याउन आग्रह गर्छन् । सानो जग्गा वा करेसावारीमा लगाइएका वाली एवं धानका व्याड आदीलाई हाल केही समय प्लास्टिक , झुल एवं स्याउलाले ढाकेर राख्नु उपयुक्त हुने उनको सुझाव छ ।

कीरा बसेका हाँगा तथा बिरुवालाई हल्लाएर र आवाज निस्कने चिजहरु बजाएर एवं पानीको फोहरा प्रयोग गरेर पनि यसलाई धपाउन एवं व्यवथापन गर्न सकिन्छ । विषादी प्रयोग गर्नुपर्ने अवस्थामा आफूलाई पायक पर्ने ठाउँका प्राविधिकको सल्लाह बमोजिम विषादी सुरक्षित र सिफारिस मात्रामा प्रयोग गर्न केन्द्रले अनुरोध गरेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com