प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

प्रदेश नं ५ को प्रदेशसभा आज एक घण्टाका लागि स्थगन भएको छ । विपक्षी दल नेपाली कांग्रेसले सभामुख पूर्णबहादुर घर्तीले परामर्श समितिको बैठकमा छलफल नगरी कार्यसूची बनाएको आरोप लगाएपछि बैठक स्थगन भएको हो । विपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य फकरुद्धिन खाँनले भने ‘हामी अझै निरन्तर छलफलमा छौँ ।’

सभामुख घर्तीले कार्यसूचीमा प्राविधिक त्रुटि भएकाले समस्या भएको बताए । प्रदेश नं ५, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च शीर्षक नं २२५२२ को पदाधिकारी तथा कर्मचारीको अन्तरप्रदेश भ्रमण शीर्षकमा कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीसमेतले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com