कुनैबेला प्लेन उडाउँथे, अहिले ‘डेलिभरी ब्वाई’ छन्


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

कोरोना भाइरसका कारण विश्वभरि आर्थिक मन्दीको अवस्था देखिएको बेला थाइल्यान्डमा एक पाइलटले जीविकोपार्जनका लागि नयाँ काम भेटेका छन्। आर्थिक मन्दीका कारण उनले पाइलटको जागिरबाट बाहिरिनु परेको थियो।

तर, उनले परिवारको पेट पाल्नका लागि नयाँ कामको खोजी गरे। कुनै बेला आकाशमा चिल सरह उड्ने उनै पाइलट अहिले स्कुटर चढेर घरघरमा खानाको सामान पुर्‍याउँछन्। अर्थात उनले मन्दीको अवस्थामा आफूलाई ‘डेलिभरी ब्वाई’ को रुपमा ढालिसकेका छन्।

४२ वर्षीय थाई पाइलट नाकारिन इन्टा ४ वर्षदेखि कमर्शियल पाइलटको रुपमा कार्यरत थिए। तर, कोरोनाले उनको भूमिका फेरिदिएको छ।
‘सिएनएन ट्राभल’ लाई उनले दिएको अन्तर्वार्तामा भनेका छन्,‘एयरलाइन्समा धेरै कर्मचारीलाई तलब नदिई छुट्टि दियो। र जतिले तलब पाए, त्यो पनि न्युनतम। धेरैलाई जागिरबाट निकालिएको छ।’

उनले अफ्ठेरो अवस्थामा धेरै साथीहरूले अन्य काम अंगालिरहेको बताए र भने, ‘सबै जना जागिरमा फर्किन आतुर छन्। यसमा केही साथीहरू छन्, जसको जागिर गएको छैन। तर, उनीहरूलाई आवश्यक उडानको पैसा मात्र दिइएको छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले जागिरमा हुँदा आफूले १० लाख नेपाली रुपैयाँसम्म कमाउने गरेको बताए। तर, कोरोना संक्रमणको महामारीका कारण आफूलाई २ हजार आम्दानी गर्न पनि गाह्रो परिरहेको बताए।

उनले खाना ‘डेलिभरी’ गर्न बाहिर निस्किदा आफूलाई अन्य साथी, कप्तान, केविन क्रू, डिस्प्याचर र अन्य कर्मचारीको धेरै नै सम्झना आउने गरेको बताए। ‘म धेरै भावुक हुँदा आकाशमा उडिरहेको विमानलाई हेर्छु,’ उनले भने।

उनले सानोदेखि नै आफूलाई पाइलट बन्ने इच्छा भएको पनि बताए। पाइलटको नोकरीबाट निकालिएपछि खाना पुर्‍याउन घर–घरमा गएको अनुभव सुनाउँदै उनले भने, ‘जब मैले पहिलो पल्ट अर्डर पठाउने अवसर पाए र ग्राहकको घर पुगेर सामानको ‘डेलिभरी’ दिए, यसपछि मलाई लाग्यो म यो काम पनि गर्न सक्दो रहेछु।’उनी फेरि विमान उडाउन लालायित छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com