यूकेबाट पहिलो चार्टर उडानमा उडे १ सय ४६ नेपाली


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

कोरोना महामारी रोकथामका लागि लागू गरिएको लकडाउनका कारण बेलायतमा अलपत्र परेका नेपालीहरु बोकेर पहिलो चार्टर उडान नेपाल उडेको छ ।

बुधबार अपरान्ह लण्डनको ग्याटविक एअरपोर्टबाट छुटेको जजिरा एअरलाइन्सको विमानमार्फत १ सय ४६ जना नेपाली स्वदेश फर्किएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

बुधबार चार्टर उडानमा नेपाल फर्किनेहरुमा भिसा अवधि सकिएका , नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान लागेका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरु लगायत छन् ।

उनीहरुलाई बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले विमानस्थल पुगेर बिदाई गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन, जर्नेल कुमारबाबु थापा, तृतीय सचिव तेजेन्द्र रेग्मी, जजिरा एअरवेजका नेपाल एजेन्टका प्रतिनिधि जीवन सेन, एनआरएनए अभियन्ता शेर सुनार लगायत पनि स्वदेश फर्किनेहरुको बिदाईका लागि विमानस्थल पुगेका थिए ।

ट्राभल डकुमेन्ट, भिसा लगायतका समस्या पर्ने यात्रुहरुको लागि दूतावासले विमानस्थलमै सेवा उपलब्ध गराएको थियो ।

यसअघि गैरआवासीय नेपाली संघ यूकेको सहयोगमा दूतावासले नेपाल फर्कन जरुरी अवस्थामा रहेका बेलायतस्थित झण्डै ५ सय नेपालीको सूची तयार गरेको थियो । सोही सूचीबाट पहिलो प्राथमिकतामा पर्नेहरु पहिलो उडानमै उड्ने मौका पाएका हुन् ।

लण्डनबाट बुधबार अपरान्ह ३ बजेर ५० मिनेटमा उडेको जजिरा एअरवेजको ए ३२० एअरबस विहिबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौं अवतरण हुनेछ । बीचमा ट्रान्जिटका लागि कुवेतमा करिब डेढ घण्टा विमान रोकिनेछ ।

बेलायतमा अलपत्र नेपालीको उद्धारका लागि नेपाल सरकारले व्यवस्था गरेको दुई चार्टर उडानमध्येको दोस्रोे उडान भने शुक्रबार हुनेछ ।

नेपाली लिंकबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com