४ ओटा सवारी साधन पहिरोमा पुरिए : २ जनाको मृत्यु थप विवरण आउन बाँकी


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ सवारी साधन पहिरोमा पुरिएका छन्। बुटवल –गुल्मी सडक अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–११ मा गएको पहिरोमा गाडी पुरिएका हुन्।

गएराती परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सडक अवरूद्ध भएको थियो। अवरूद्ध सडकमा सवारी साधन रोकेर पहिरो हटाइरहेका बेला सोमबार दिउँसो अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खस्दा एक ट्रक, एक ट्यांकर, एक कार र एक मोटरसाइकल पुरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलका प्रत्यक्षदशीका अनुसार ट्यांकर ३०० मिटर तल खोंचमा पुगेको छ भने ट्रक २० मिटर तल पुरिएको अवस्थामा छ कार र मोटरसाइकले माटोले पुरिएका छन्। घटनास्थलबाट ३ जनाको उद्धार गरिएको र कम्तिमा २ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। उद्दारकार्यमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com